काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करीको विषयलाई लिएर वेल घेराउ गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेल सुन प्रकरण छानबिनका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद सुचारु हुन नदिने भन्दै वेल घेराउ गरेको हो ।
बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करलाई कारवाही नभएसम्म संसद सुचारु हुन नसक्ने बताउनु भयो ।
एमाले सांसदहरुले सुन तस्करलाई कारबाही गर, उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजीसमेत गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक साउन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
छानबिन समितिको माग गर्दै एमालेद्वारा संसद अवरोधसुन तस्करी प्रकरण