केपी ओली र चिनियाँ नेता युआनबीच भेटवार्ता

author

समाचारपाटी

२ महिना अगाडि

 काठमाडौं I नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ । 


मंगलवार बिहान ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा नेपालका प्रतिपक्ष दलका नेता ओलीसँग चिनियाँ नेता युआनले भेट गर्नुभएको हो । भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा छलफल भएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिनुभयो । त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल अहिले विकासको प्रयासमा रहेकाले चीन सरकारको अपेक्षित सहयोग महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो भने नेता युआनले नेपाल र नेपाली जनताको विकासको सन्दर्भमा सक्दो सहयोग गर्न चीन सरकार तत्पर रहेको बताउनुभएको थियो । यता, अध्यक्ष ओलीले चीनले नेपाललाई सधैँ प्राथमिकता दिने गरेको भन्दै चीन सरकार र चिनियाँ नेताहरुको प्रशंशा गर्नु भएको थियो । त्यस अवसरमा ओली नेतृत्वको सरकारका बेला दुई मुलुकबीचको सम्बन्ध बिस्तारबारे भएको प्रगतिको पनि स्मरण गरिएको एमाले विदेश विभाग सदस्य खनालले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘एउटा चाँही नेपाल सरकार र चीन सरकार, नेपाली जनता र चिनियाँ जनताको बीचमा शुभकामना आदानप्रदान भयो । उहाँले चाँही चीन सरकारको तर्फबाट, चिनियाँ जनताको तर्फबाट खासगरी नेपाल र नेपाली जनताका निम्ति खासगरी विकासको सन्दर्भमा सहयोग गर्न हामी इच्छुक छौैं भन्नु भयो । र, नेपालको तर्फबाट हाम्रो अध्यक्षज्यूले पनि नेपाल अहिले विकासको प्रयासमा छ । यो विकासमा चिनिया सरकार र चिनियाँ जनताको सहयोग महत्वपूर्ण छ । त्यो सकारात्मक कुरा हो भन्नु भयो । त्यसपछि उहाँले नेपाल भ्रमणमा सन्दर्भमा राष्ट्रपति, त्यसपछि उहाँले अरु जोजोसँग भेटघाट गर्नु भयो । त्यो भेटबारे जानकारी गराउनु भयो । र, हाम्रो अध्यक्षज्यूले पनि त्यो सकारात्मक हो । चिनियाँ सरकारबाट जहिले पनि यस्ता भेटघाटहरु भएको छ । जहिले पनि नेपाललाई प्राथमिकतामा नै राख्नु भएको छ । त्यसको हामी स्वागत गर्छौ भन्नु भयो । र, मूलतः खासगरी अव नेपाल सरकार र चीन सरकार, नेपाल र चीनबीचको सम्बन्धमा चाँहीलाई अझ बलियो बनाएर कसरी अगाडि जान सकिन्छ भन्ने कुरामा विषयमा कुराकानी भयो । त्यसैले यसलाई त्यही रुपमा बुझ्नु पर्छ । अध्यक्ष प्रधानमन्त्री भएका बेला भएका नेपाल–चीन सम्बन्धबारे पनि केही कुरा भए ।’

श्रीलंकाको भ्रमण पूरागरी गत आईतबार नेपाल आउनुभएका नेता युआनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भने भर्चुअल संवाद गर्नुभएको थियो । इटली भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालसँग उहाँको भर्चुअल संवाद भएको थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी नेता युआनले कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका माओवादी केन्द्रका पदाधिकारी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलगायतसँग भेट गरी दुई मुलुकबीचको सम्बन्धबारे चासोपूर्वक छलफल गर्नुभएको थियो । 


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२८.२७°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)