काठमाडौं । कोशी प्रदेशमा उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाबिरुद्ध परेको मुद्दा आज सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले त्यो प्रक्रियाबिरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।
सोमवार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानूनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।