नेपालको विकासोन्मुख देशका रूपमा स्तरोन्नति हुँदैछ : प्रधानमन्त्री

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताउनुभएको छ । यो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्षरूपमा लाभान्वित भइरहेको तथ्य पेस गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यक्रमलाई निरन्तरता दिन सरकारले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट वृद्धि गरेको जानकारी गराउनुभयो ।

खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ लाई आज सोमवार सम्बोधन गर्दै उहाँले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको स्पष्ट पार्नुभयो । यो कार्यक्रमबाट ३३ लाख बालबालिका प्रत्यक्षरूपमा लाभान्वित भएको तथ्याङ्कसमेत प्रधानमन्त्रीले पेस गर्नुभयो ।

‘विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन्’, उहाँले भन्नुभयो, ‘फलस्वरूप विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधारजस्ता उपलब्धि हासिल भएको छ ।’

यो कार्यक्रमलाई एकीकृतरूपमा कृषि, शिक्षा, खाद्य सुरक्षा, पोषण, स्वास्थ्य र सरसफाइसँग जोडिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उहाँले चालु आर्थिक वर्षको शिक्षातर्फको बजेटको छ प्रतिशत दिवा खाजाका लागि वृद्धि गरिएको उल्लेख गर्नुभयो ।

उहाँले सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीयस्तरसम्म खाद्य प्रणालीका बारेमा छलफल चलाएको एवम् सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना तय गरेको जानकारी दिनुभयो । खाद्य प्रणालीको रूपान्तरण खाद्य सुरक्षाका लागि मात्र नभई दिगो विकास लक्ष्यको पूर्ण प्राप्तिका लागि महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्र सङ्घले सन् २०२१ मा आयोजना गरेको फुड सिस्टम समिटले तय गरेको विधिअनुसार राष्ट्रिय र प्रदेश तहका सरोकारवालाहरूका बीचमा खाद्य प्रणालीका बारेमा बुझाउन, कमजोरी पत्ता लगाउन र त्यसलाई रूपान्तरण गरी नयाँ मार्ग प्रशस्त गर्न सहयोग पुगेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । सरकारले त्यही आधारमा खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना तय गरेर कार्यान्वयनमा ल्याइएको र त्यसलाई दिगो विकास लक्ष्यसँग जोडिएको उहाँले बताउनुभयो ।

स्थानीय सरकारको क्षमतालाई सुदृढ गर्दै यो कार्यक्रम कार्यान्वयन र अनुगमनका लागि जिम्मेवारी प्रदान गरिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । दिवा खजा कार्यक्रमले विद्यार्थीको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने, स्वास्थ्य, शैक्षिक क्रियाकलापमा गुणात्मक परिवर्तन ल्याउने भएकाले यसका प्रयासहरूलाई दोब्बर बनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘विद्यालयको खाना यस्तो क्षेत्र हो जसले रूपान्तरणमा ठूलो प्रभाव पार्छ ।’

सन् २०२० को शुरुआतीमा संसारका धेरै बालबालिकाले विद्यालय भोजनको सहज पहुँच प्राप्त गरेको भए पनि कोभिड–१९ का कारण विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलामा आएको अवरोध, वित्तीय क्षेत्र खस्कँदा समस्या पैदा भएको प्रधानमन्त्रीको भनाइ थियो । पुरानै अवस्थामा फर्कनका लागि सम्पन्न र विकसित देशले साना र अल्पकविकसित देशहरूको शैक्षिक सुधारका लागि दिवा खाजा कार्यक्रमलाई प्रवर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दिवा खाजा कार्यक्रमले विद्यार्थीको स्वास्थ्य, शैक्षिकका साथसाथै उनीहरूको समग्र विकास क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले अति कम विकसित र अल्पविकसित देशका विद्यार्थीले विद्यालय छाड्ने दरमा कमी ल्याउनका लागि पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सन् २०२६ सम्म नेपाल विकासोन्मुख देशका रूपमा स्तरोन्नति हुने क्रममा रहेको जानकारी दिँदै उहाँले विद्यालयमा पोषणयुक्त खानेकुराको सुनिश्चिता गर्नु आवश्यक रहेको र त्यसका लागि स्थानीय खाद्य सामग्रीको उत्पादन र विविधकरणमा जोड दिएको बताउनुभयो ।

स्थानीयरूपमा सानास्तरका कृषि विकास कार्यक्रमलाई अगाडि बढाई विद्यार्थीको स्वास्थ्य, पोषण र शिक्षामा सुधार ल्याउनका लागि सहयोग गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । उहाँले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्नका लागि हाम्रा खाद्य प्रणालीको रूपान्तरणका लागि संयुक्त राष्ट्र सङ्घीय प्रणाली, विकास साझेदार र सरोकारवाला निकायहरूको पूर्ण सहयोग र प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले हाम्रा बालबालिकाका लागि दिगो भविष्य, गुणस्तरीय शिक्षा, पोषणयुक्त खानेकुरा उपलब्ध गराउने रूपान्तरणकारी यात्राका लागि हामी सबैले होस्टेमा हैँसै गर्दै अगाडि बढ्न आह्वान गर्नुभयो ।


काठमाडौं

मङ्लबार, अशोज ९, २०८०

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक