काठमाडौं । एलन मस्कले ट्विटरको लोगो फेरेका छन् । यसअघिसम्म ट्विटरमा निलो रङको चरा रहेकोमा मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स राखेका हुन् ।
ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रङको एक्स देख्न सकिन्छ ।
मस्कले आफ्नो प्रोफाइल फोटो पनि फेरेर एक्स राखेका छन् । मस्कले यसअघि पनि ट्विटरको लोगो निलो रङको चराको सट्टा कुकुर भएको लोगो सार्वजनिक गरेका थिए ।
तर पछि उनले फेरि निलो चरालाई नै ट्विटरको लोगो बनाएका थिए ।
एलन मस्कले गएको वर्षको अक्टोबर २७ मा ट्विटर किनेका थिए । त्यसयता मस्कले आधाभन्दा कर्मचारी कटौतीदेखि पैसा तिरेर ब्लु–टिकु दिनेसम्मका व्यवस्था गरेका छन् ।