बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ । 


बिहीवार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने उल्लेख गर्नुभयो । उहाँले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धि अनुसार नै मौद्रिक नीति आउने बताउनु भयो । गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दर भित्र रहने गरी मौद्रिक नीति तर्जुमा गर्ने गरेको बताउनु भयो । उहाँले समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गरिने बताउनु भयो। उहाँले मौद्रिक नीति आगामी वर्षमा बजेटले लक्षित गरेको आर्थिक वृद्धिको लागि मुद्रा प्रदायकहरुलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्य राखेर मौद्रिक नीति तय हुने जानकारी दिनुभयो। उहाँले  राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने,वाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई शिरमा राखेर मौद्रिक नीति जारी गर्ने उल्लेख गर्नुभयो । उहाँले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्य वृद्धि ७ प्रतिशत रहने अनुमान रहेको बताउनु भयो। उहाँले कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको बताउनु भयो । उहाँले बंैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै सिआरआर बाहेक नै करिव ८८ अर्ब तरलता प्रणालीमा रहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले बैंकहरुबाट करिब ६० अर्ब लिएको बताउनु भयो । उहाँले ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भएपनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो,‘बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धि अनुसार नै मौद्रिक नीति आउँछ । बजेटले राखेको मूल्यको दर भित्र रहने गरी हामीले मौद्रिक नीति तर्जुमा गर्ने गरेका छौं । समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरे मौद्रिक नीति तयार गर्ने गरेका छौं । मौद्रिक नीति आगामी वर्षमा बजेटले लक्षित गरेको आर्थिक वृद्धिको लागि मुद्राप्रदायकहरुलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्य लिएर मौद्रिक नीति तय हुन्छ । राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने,वाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई सिरमा राखेर मौद्रिक नीति जारी गर्छौं । मुलुकको ११ महिनाको आर्थिक तथ्याङ्क हाम्रो हातमा आएको छ । असार मसान्तको तथ्याङ्क आउन बाँकी छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्य वृद्धि ७ प्रतिशत रहने अनुमान गर्नसक्छौं । निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ । कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको छ । बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सिआरआर बाहेक नै करिव ८८ अर्ब तरलता प्रणालीमा रहेको छ । करिव ६० अर्ब राष्ट्र बैकले खिचेको छ । ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भएपनि पछिल्ला दिनमा घट्दो क्रममा छ । बैकिङ क्षेत्र बलियो हुनुपर्छ र मौद्रिक नीति त्यसमा केन्द्रित रहनेछ ।’

गभर्नर अधिकारीले राष्ट्र बैंकको नीतिमार्फत कुल लगानीको ४० प्रतिशत ऊर्जामा लगानी भइरहेको बताउनु भयो । उहाँले राष्ट्र बैंकले कुनै एउटा क्षेत्र र उद्योगमा र आयातमा मात्रै कर्जा नजाओस् भनि आन्तरिक उत्पादनमा कर्जाको प्रवाह गर्ने निति बनाएको बताउनु भयो। उहाँले मौद्रिक नीति तयार गरी राख्दा राष्ट्र बैंकलाई महत्वपूर्ण चुनौति उत्पादनशिल क्षेत्रमा उत्पादनकै लागि कर्जाको परिचालन देखिएको बताउनु भयो। उहाँले ठूलै संख्यामा रोजगारी,धेरै उत्पादन,राजश्वमा योगदान गरी अर्थतन्त्र चलायमान बनाउने क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनु भयो । उहाँले  सरकारले १० खर्ब रुपैया एक वर्षमा राजश्व उठाउने गरेको भन्दै उक्त राजश्व निजी क्षेत्रबाट र उद्योगधन्दाबाट नै आएको बताउनु भयो। उहाँले राष्ट्र बैंकले बनाएका तथ्याङ्क निश्चित प्रमाण र आधार भएर नै आएको बताउनु भयो। उहाँले अर्थतन्त्र सुधार गर्नको लागि केही संरचनागत हिसावले काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले त्यसका लागि एक दुई वर्षमा सुधार गर्नसक्ने अवस्था रहेको बताउनु भयो। उहाँले रेमिट्यान्सवेस मुलुकको अर्थतन्त्र भएको भन्दै त्यसलाई कृषि,जलविद्युत र पर्यटनवेस अर्थतन्त्रमा रुपान्तरण गर्न आन्तरिक उत्पादनले धान्ने गरी बनाउन निश्चित रणनितीक योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले सबै कुरालाई समावेश गर्न मौद्रिक नीति आफैँमा सक्षम नभएको बताउनु भयो। 


उहाँले भन्नुभयो,‘ नेपाल जलविद्यृुतमा धनी छौं । जलविद्युतमा लगानी पुगेन भनेर कम्तिमा हामीले १० प्रतिशत कुल लगानीको ऊर्जामा लगाउनुपर्छ । कुल लगानीको ४० प्रतिशत हाम्रो देशमा ऊर्जामा राष्ट्र बैंकको नीतिमार्फत निर्देशित लगानी छ । राष्ट्र बैंकले कुनै एउटा क्षेत्र र उद्योगमा मात्रै कर्जा लगानी नजाओस अथवा आयातमा मात्रै कर्जा नजाओस् भनि आन्तरिक उत्पादनमा कर्जाको लगानी जानुपर्छ भनेर नीतिगत व्यवस्था छ । तर पनि मौद्रिक नीति तयार गरी राख्दा राष्ट्र बैंकलाई महत्वपूर्ण चुनौती उत्पादनशिल क्षेत्रमा उत्पादनकै लागि कर्जाको परिचालन नै हो । हामीले यसो भन्दा ठूलो उद्योगहरुले कर्जा लिनुहुन्न भन्ने पनि होइन । समग्रमा त्यसले उत्पादन गर्छ भने त्यस्तोमा लगानी हुनुपर्छ । यसले ठूलै संख्यामा रोजगारी,धेरै उत्पादन र अर्थतन्त्रलाई ठूलो योगदान गर्छ । राजश्वमा पनि त्यतिकै योगदान गरी रहेको हुन्छ । हामीले १० खर्ब रुपैयाँ एक वर्षमा राजश्व उठाएका छौ । त्यो राजश्व निजी क्षेत्रबाट र उद्योगधन्दाबाट नै आएको हो । त्यसकारण आएको छैन भन्ने कुरा होइन । हामीले बनाएका तथ्याङ्क त्यत्तिकै बनाएका हुँदैनौं । तथ्याङ्क निश्चित प्रमाण र आधार भएर नै आएका हुन्छन् । राष्ट्र बैंकले सार्वजनिक गर्ने तथ्याङ्क कसैले आफूखुशी बनाउने भन्ने कुरा हुँदैन । अहिले विश्वको अर्थतन्त्र नै डेटावेस छ । सूचनाको युग छ । हाम्रो अर्थतन्त्र सुधार गर्नको लागि केही संरचनागत हिसाबले काम गर्नुपर्ने छ । त्यसलाई एक दुई वर्षमा सक्ने अवस्था छैन । रेमिट्यान्सवेस मुलुकको अर्थतन्त्र छ । त्यसलाई कृषि,जलविद्युत र पर्यटनवेस अर्थतन्त्रमा रुपान्तरण गर्न आन्तरिक उत्पादनले धान्ने गरी बनाउन निश्चित रणनितीक योजना बनाएर अघि बढ्नुपर्छ । यी सबै कुरालाई समावेश गर्न मौद्रिक नीति आफैँमा सक्षम विषय होइन । आफैले सबैकुरा गर्ने विषय होइन । मौद्रिक नीतिले गर्ने भनेको बैंक तथा वित्तीय प्रणालीमा भएको स्रोतलाई कसरी उत्पादन र रोजगारीमा लगाउने सकिन्छ भन्ने हिसावले काम गर्ने हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा मुलुकको अर्थतन्त्रले के चाहेको छ । अर्थतन्त्रले कस्तो मौद्रिक नीति चाहेको छ त्यही अनुसार नै जाने हो । राष्ट्र बैंकको प्रमुख उद्देश्य नै मूल्यवृद्धि नियन्त्रण गर्ने हो । मुलुक कुनैपनि प्वाइन्टमा संकटतिर नजाओस् भनेर वाह्य क्षेत्रमा हामी सुरक्षित हुन चाहन्छौं । वाह्य क्षेत्रमा अफ्ठ्यारो पर्न साथ हामीलाई धेरै ठाउँमा अफ्ठ्यारो पर्छ । भोलि कतैबाट पनि थेग्न सकिँदैन । त्यसकारण अहिले हामी दुवै पाटोमा सुरक्षित छौं ।’

उहाँले मौद्रिक नीतिले गर्ने भनेको बैंक तथा वित्तीय प्रणालीमा भएको स्रोतलाई कसरी उत्पादन र रोजगारीमा लगाउने गरी काम गर्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा मुलुकको अर्थतन्त्रले चाहे अनुसारको मूल्यवृद्धि नियन्त्रण गर्नेगरी आउने बताउनु भयो। उहाँले मुलुक कुनैपनि स्थितिमा संकटतिर जान नदिने गरी बनाउने भन्दै मुलुकको वाह्य क्षेत्रमा सुरक्षित रहेको बताउनु भयो। 


काठमाडौं

बिहिबार, अशोज ११, २०८०

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन