काठमाडों । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गण्डकी प्रदेशका केही साथै कोशी, वागमती र कर्णाली प्रदेशका थोरै लगायत बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्ययम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका थोरै बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ–गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका एक–दुई, कोशी र वागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।