राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले यो विधेयक सविधानको धारा १, २१ र ४६ विपरित रहेको बताउनु भयो । उहाँले संसदले बहुमतको आधारमा यो विधेयक पारित गरेमा यसका बिरुद्ध अदालत जान आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘यो शक्ति पृथकीकरणको सिद्धान्त विपरित छ । बुँदागत रुपमा भन्नुपर्दा संविधानको धारा १, धारा २१ र धारा ४६ विपरित छ । संविधान विपरितको यो विधेयक कसरी कानून मन्त्रालयको टेबलबाट पास भयो म जान्न चाहन्छु । यो कानूनी सिद्धान्त विपरित मुलुकी अपराध संहीता दफा ४१ विपरित पनि छ । यो सर्वोच्च अदालतबाट प्रतिपादित नजिर विपरित छ । हामी जननिर्वाचित सांसदहरु छौँ । आज अंक गणितबाट यो हुन्छ, हुँदैन भनेर पास गर्ने हो भने म यही रोष्टमबाट आव्हान गर्न चाहन्छु, नेपाललाई माया गर्ने, संविधानलाई मान्ने र नेपाल रुल अफ ल हुनुपर्छ चेक एन्ड ब्यालेन्स हुनुपर्छ भन्ने मान्छेहरुलाई अदालतमा जानुस् यो विधेयक पास भयो भने यसको बिरुद्ध मुद्दा हाल्नुस् । संविधानको विपरित छ यो । यस्तो गरेर हामीले देशको सेवा गर्न सक्दैनौँ ।’
उहाँले नेपालमा हिंसाको च्याप्टर क्लोज भइसकेको भन्दै आगामी दिनमा हिंसालाई कुनै राजनीतिक दलको आडमा चोख्याउन नपाइने बताउनु भयो ।