काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले बेरुजु कम गर्नको लागि अर्थ मन्त्रालयले अनुशासन कायम गर्न प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय मुलुकभर बेरुजुको ठूलो समस्या रहेको बताउनु भयो । उहाँले अर्थमन्त्रालयमा मात्रै बेरुजुको समस्या नभएको भन्दै समग्रमा बेरुजु कम गर्न सरकार गम्भिर रहेको बताउनु भयो। अर्थमन्त्री महतले अर्थमन्त्रालयसँग जोडिएको बेरुजुको कुरा गर्दा करदाताहरु कतिपय अवस्थामा चित्त नबुझेर अदालत गएको कुरा र सम्बन्धित निकायहरुले निर्णय नगर्दा बेरुजु देखिएको बताउनु भयो।
उहाँले भन्नुभयो,‘ बेरुजु समग्रमा मुलुकमा समस्या छ । यो अर्थमन्त्रालयको मात्रै होइन अन्य सबैतिर समस्या छ । बेरुजु कम गर्नको लागि अर्थमन्त्रालयले अनुशासन कायम गर्ने विषयमा जागरुपताका साथ लागेको छ । अर्थ मन्त्रालयसँग जोडिएको बेरुजुको कुरा गर्दा करदाताहरु कतिपय अवस्थामा चित्त नबुझेर अदालत गएको कुरा र सम्बन्धित निकायहरुमा अनिर्णनित रहेको कारण त्यसलाई बेरुजुको रुपमा देखिन्छ । बेरुजु फस्र्यौटलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको छ । समग्रमा अनुशासन कायम गर्ने र कुनै पनि कारणले बेरुजु बढ्न नपाओस भन्नेतर्फ अर्थमन्त्रालय शतर्कता अपनाएको छ ।’
उहाँले बेरुजु फस्र्यौटलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको बताउनु भयो। उहाँले समग्रमा अनुशासन कायम गर्ने र कुनैपनि कारणले बेरुजु बढ्न नपाओस भन्नेतर्फ अर्थ मन्त्रालयले सर्तकता अपनाइरहेको बताउनु भयो ।