चर्च ब्वाईज पहिलो सिजनमै च्याम्पियन

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौं ।  साविक विजेता मच्छिन्द्र फुटबल क्लवलाई हेड टु हेडमा पछि पार्दै यसै सिजन बढुवा भएको चर्च ब्वाईज शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न २५ औं खेलमा थ्री स्टार क्लवसँग गोल रहित बराबरीमा रोकिएसँगै चर्च ब्वाईज एक खेल अगावै मच्छिन्द्रलाई हेड टु हेडमा पछाडि पार्दै लिगको च्याम्पियन भएको हो । चर्च ब्वाईजले मच्छिन्द्रलाई पहिलो लेगमा गोल रहित बराबरी र दोस्रो खेलमा २–१ ले हराएको आधारमा ४४ औं संस्करणको शहीद स्मारक ए डिभजिन लिग च्याम्पिन भएको हो ।
पहिलो सिजनमा उपाधि उचालेको चर्च ब्वाईज लिगको उपाधि उचाल्ने १६ औं टोली भएको छ । यसअघि मनाङ मस्र्याङ्दी फुटबल क्लवले सर्वाधिक ८ पटक उपाधि उचालेको छ भने रानीपोखरी कर्नर टिम (आरसिटी) ले ६ पटक लिगको उपाधि उचालेको छ । साथै चर्च ब्वाईज मनाङ मस्र्याङ्दी पछि लगातार ए, बी र सी डिभिजन लिग जित्ने दोस्रो टोली भएको छ । २०६६ सालमा स्थापना भएको चर्च ब्वाईज २०७८ मा सी च्याम्पियन, २०७९ मा बी च्याम्पिन हुँद शीर्ष डिभिजन लिगमा उक्लिएको थियो । यसअघि मनाङ २०४१ मा सी च्याम्पियन हुँदै बी डिभिजनमा उक्लिएको मनाङले २०४२ मा नै बी च्याम्पियन र २०४३ मा ए डिभिजन लिगको च्याम्पियन भएको थियो ।


१४ वर्षको समयावधिमा नयाँ च्याम्प्यिन चर्च ब्वाईजले २५ औं चरणसम्म आइपुग्दा १२ जित, ९ बराबरी र ४ खेल गुमाएको छ र एक खेल खुमलटारसँग खेल्न बाँकी छ । यस्तै प्रशिक्षक बालगोपाल महर्जनको नाममा पनि पहिलो शहीद स्मारक ए डिभिजन लिगको उपाधि हात लागेको छ । २०६१ सालमा खेलाडीको रुपमा थ्री स्टारका लागि शीर्ष डिभिजन लिगको उपाधि उचालेको बालगोपालले २०८० मा चर्च ब्वाईजलाई प्रशिक्षकको रुपमा उपाधि दिलाउन सफल भएका हुन् । नेपाली फुुटबलमा सफल प्रशिक्षकको रुपमा चिनिएका बालगोपाल महर्जनजले नेपालकालागि उमेर समूह र केही अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् । सातौं चरणसम्म प्रदीप हुमागाईंले प्रशिक्षण गरेको टोलीलाई त्यसपछि बालगोपालले सम्हालेका थिए ।
मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोली चर्च ब्वाईज र थ्री स्टारले स्पष्ट जितका लागि खेल पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा गोल रहित बराबरीमा रोकिन पुगेका हुन् । बराबरी पछि चर्च ब्वाईज दोस्रो स्थानको मच्छिन्द्र भन्दा ६ अंकले अघि रहेको छ । अब बाँकी दुवै खेल जितेपनि मच्छिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मच्छिन्द्रले २४ खेलमा ३९ अंक जोडेको छ ।  यता बराबरीमा रोकिएको थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
लिग अन्र्तगत मंगलवार नै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लवले १–१ गोलको बराबरी खेलेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलको दोस्रो मिनेटमा दिनेश हेन्जनको गोलबाट अग्रता लिएको आर्मीले कायम राख्न असफल भएको थियसो । ३९ औं मिनेटमा अहम्मेद हिजाजीले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए । त्यसपछिको बाँकी समयमा दुवै टोलीले स्पष्ट अंकका लागि प्रयास गरे पनि सफल हुन सकेनन् र अंक बाँड्न बाध्य बन्यो । यस नतिजासँगै आर्मीको २५ खेलबाट ३१ अंक भएको छ भने पुलिसको समान खेलबाट ३८ अंक छ ।
यस्तै च्यासल मैदानमा भएको खेलमा रेलिगेशन क्षेत्रबाट बच्न संघर्ष गरिरहेको खुमलटारले बलियो एपिएपफमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । विभागीय टोली एपिएफमाथि शुरुवातबाट नै गर या मरको अवस्थामा मैदान उत्रिएको खुमलटारले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा एक गोल गरेर एक गोल खान पुगेको थियो । पहिलो हाफमा अग्रता दिलाउने क्रममा मेसुके ओलोमोउले १३ औं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई २–० को अग्रता निकालेका थिए । दोस्रो हाफमा पनि आक्रमक खेललाई निरन्तरता दिएको खुमलटारका लागि ५५औं मिनेटमा स्टेफन विनोङले टोलीका लागि तेस्रो गोल थप्दा दोस्रो हाफमा इन्जुरी समयमा एपिएफका सनिस श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए । जितसँगै खुमलटारको २५ खेलमा २७ अंक जोडेको छ । पराजित व्यहोरेको एपिएफ समान खेलबाट ३० अंक छ ।


काठमाडौं

मङ्लबार, अशोज ९, २०८०

२०.५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

गायिका प्रीया गुरुङको “मनको भारी” सार्वजनिक (भिडियो)

चलचित्र एक भागवत गीताको ट्रेलर सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन