काठमाडौं । पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बम विस्फोट भएको घर फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिको भएको बुझिएको छ । मृतकमध्ये तीन जना महिला रहेको र मृतक सबै एकै परिवारका रहेको बताइएको छ ।
मृत्यु हुनेमा हसिना मा, बिलाल, इकबाल, शानो माई र ४ वर्षीया सादिया बिबी रहेको द न्युज इन्टरनेशनलले जनाएको छ ।
घाइतेहरुलाई जिल्ला सदरमुकाम अस्पताल कोटअड्डु लगिएको छ । यद्यपी विस्फोटको कारण र प्रकृति भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।