काठमाडौं I चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाल र भारतबीच रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिन नहुने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोजीरोटीको सम्बन्ध हुँदैमा देश नै दाइजोमा दिनु नहुने बताउनुभएको हो । उहाँले राजनीतिक दलका नेताहरुलाई रोजीरोटीको सम्बन्धमा छ भन्दैमा देश नै दाइजोमा दिने अधिकार नरहेको बताउनु भयो ।
उहाँले खुला सीमानाका कारण नेपालले विभिन्न समस्याहरु झेलिरहेको उल्लेख गर्दै अब जंगे पिल्लरलाई आधारस्तम्भ मानेर भएको जमिन बचाउन सीमानामा काँडेतार लगाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले चलचित्र काँडेतारको सन्देश पनि सीमानामा काँडेतार लगाउनुपर्ने रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले चलचित्र काँडेतार जो सीमा ओपन भएका कारण जुन खालका समस्या झेल्दै आएका छौँ । ति समस्यालाई निराकरण गर्नको निम्ति अब जंगे पिल्लरलाई आधारस्तम्भ मानेर भएको जमिन बचाउँ र त्यो जमीनलाई सीमानामा काँडेतार लगाउँ । त्यसपछिको टिष्टादेखि काँगडासम्म गुमेको भूभाग फिर्ता लिनुपर्छ । फिल्मको आशय पनि त्यही छ ।
सेन्सरले रोकेको थियो, विभिन्न सामाजिक सञ्जालबाट दबाब आएपछि अहिले चलचित्रको सेन्सर फुकुवा गरेको छ । हाम्रा नेताहरुले भन्ने गर्छन्, भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध छ, रोटीबेटीको सम्बन्ध भन्दैमा देश दाइजो दिने हो र ? म प्रश्न गर्न चाहन्छु । हामी यसैगरी चुप लाग्नु हुँदैन । हामी सचेत हुन जरुरी छ । सचेत भएनौँ भने भावि पुस्ताले भूगोलमा नभइ गुगोलमा सर्च गर्नुपर्ने अवस्था आउनेछ ।’