प्रधानमन्त्रीलाई विज्ञको सुझाव, भारत भ्रमणमा मेन्यु लिएर नजानुस्

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा नेपाल र भारतबीच उर्जासम्बन्धी भएका सम्झौताअनुसार कार्यान्वयन गराउन दबाब दिनुपर्ने सुझाव दिनुभएको छ । आईतवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले भारतले नेपालसँग उर्जासँग सम्बन्धित सम्झौताहरु गरिसकेपछि कार्यान्वयन गर्ने चरणमा थप व्यवधान झिक्ने गरेको भन्दै यसबारेमा राजनीतिक तवरबाटै समाधान गर्नुपर्ने जोड दिनुभएको हो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक अवस्थाबारेमा समाधानका लागि पनि ध्यानाकर्षण गराउनुपर्ने बताउनु भयो । उहाँले नेपालले अहिले भोग्नुपरेका समस्याका बारेमा पनि छलफल गरी समाधान निकाल्न जरुरी रहेको बताउनु भयो । उहाँले दुई पक्षीय व्यापार असन्तुलनका बारेमा पनि सम्बोधन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भारत सरकारको असहमतिका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्न नसकेको भन्दै यस विषयमा पनि समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

 
उहाँले भन्नुभयो, ‘अहिले आर्थिक रुपमा मुलुक जुन संकट भोगिरहेको छ, यो संकटले हामीमाथि पारिरहेको आम प्रभाव र प्रभावबाट हाम्रो दुई तिहाई झन्डै व्यापार हुने मुलुक सबैभन्दा ठूलो लगानीकर्ता मुलुक, त्यो मुलुकसँगको हाम्रो एजेण्डाहरु स्वभाविक रुपमा प्रधानमन्त्रीस्तरको लेभलमा भिजिट हुँदा ध्यानाकर्षण गराउनुपर्छ । हामीले अहिले भोगेका तत्कालीक समस्याका बारेमा पनि पहल गर्नुपर्छ । त्यसमा दुई पक्षीय व्यापार जुन असन्तुलन भइरहेको छ, र नेपालले धान्न नसक्ने स्थितिमा पुगेको छ, त्यसलाई सकारात्मक दिशामा लैजान हाम्रा विषयवस्तुहरु के हुन् उत्पादन गर्ने ? त्यसमा भारतीय पक्षसँग हामीले लिनुपर्ने सहयोग उठाउनुपर्ने विषय र सम्बोधन गरेर निचोडमा पु¥याउनुपर्ने विषय के हुन् ? त्यसमा गम्भीरतापूर्वक नै छलफल हुुनपर्छ । हाम्रो सम्भावनाभित्रको एउटा जलश्रोत हो, जलश्रोतको उत्पादन हिजो भन्दा आज तिब्र गतिमा भएको छ । जलश्रोतमा फड्को मारेका छौँ । विद्युत निर्यात गर्ने जुन सम्झौता हाम्रो बीचमा भएको छ । त्यो सम्झौतालाई बुँदाअनुसार अघि जानदिनुपर्नेमा भारतबाट थप केही शर्त राखिएका छन्, जुन सम्झौता भन्दा बाहिर छन् । सन्धीमा नभएका कुराहरु भारतले उठाएर समस्या उत्पन्न गरिरहेको छ । हामीले निर्यात व्यापार घटाउन, हामीसँग उत्पादन भएको विद्युत हामीसँगै प्रयोग हुुनपर्छ । सन्धीबाट अघि बढ्न भएको आनाकानी राजनीतिक तहबाट नै टुंग्याउनुपर्छ । पर्यटन अर्को हाम्रो क्षेत्र हो । बिस्तारै उठ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धान्नसक्ने स्थितिबाट गुज्रिरहेको छैन, भैरहवालाई यसको विकल्प बनाउनुपर्छ । यसबारेमा सरकारले पहल गर्नुपर्छ । हामीले त्यो उद्देश्य राखेर बनाएको कुरा भारतले केही सहमति नदिनाले पर्यटन क्षेत्रमा असर परिरहेको छ , त्यस विषय पनि उठाउनुपर्छ, तलबाट यो समस्या समाधान भएन ।’

कार्यक्रममा भारतका लागि पूर्व नेपाली राजदुत दुर्गेशमान सिंहले भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रुपमा प्रयोग भइरहेको बताउनु भयो । उहाँले भारत भ्रमणमा परराष्ट्र मामिलामा नेपाली नेताहरु पनि एक छौँ भन्ने धारणा दर्शाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै भारत भ्रमण बढी फलदायी हुने बताउनु भयो । उहाँले नेपाल माग्ने देश जसरी लिस्ट लिएर जान नहुने बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘भारत र नेपालको परराष्ट्र मामिला राजनीतिक फुटबलको रुपमा प्रयोग भएको देखिन्छ । त्यसबाट हट्न आवश्यक छ । प्रधानमन्त्री नेपालको प्रतिनिधित्व गरेर जाँदै हुनुहुन्छ, समस्त नेपालको हीतको निमित्त जाँदै हुनुहुन्छ । परराष्ट्र मामिलामा नेपाली नेताहरु पनि एक छौँ भन्ने धारणा दर्शाउन आवश्यक छ । बलियो आधारसहित प्रधानमन्त्री जानसके मात्रै बढी फलदायी हुन्छ, नेपाल एउटा माग्ने देश जसरी लिस्ट लिएर जाने होइन, साना ठूला लिस्टहरु बोकेर जाने काम प्रधानमन्त्रीको होइन ।’

कार्यक्रममा राजनीतिक समाजशास्त्रका अध्यापक उद्धव प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमण सद्भावना भ्रमण मात्रै भएको बताउनु भयो । उहाँले भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल र भारतको सम्बन्धको सन्दर्भमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेसम्म दुई देशबीचको सहकार्यमा भइसकेका काम बाहेकका अन्य नयाँ योजनाहरुको बारेमा थप छलफल गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले के गर्नुपर्छ ? भारत भ्रमणमा, भन्ने भन्दा पनि प्रधानमन्त्रीले अहिले गएर मोदीजीसँग भेटेर अब नेपाल र भारतको सम्बन्धको सन्दर्भमा भइसकेका काम बाहेकका अरु काम गर्ने वातावरण बनाउनुपर्छ । त्यहाँ कुनै एजेण्डा प्रश्तुत गर्ने होइन । कतिपय विषयहरु दुई देशबीचमा वर्षौं लगाएर गर्नुपर्ने विषय छन्, प्रधानमन्त्री जाँदैमा एकाएक छलफल हुन्छ भन्ने होइन । त्यो सहमति नेपालको लागि फलदायी हुनसक्छ ? यी कुरामा हामी कहिल्यै चर्चा गरेका छैनौँ । यो सद्भावना भ्रमण हो । यसले सम्बन्धमा शुरुवात हुनेछन्, मेन्युले काम गर्नेछैन ।’


काठमाडौं

शुक्रबार, अशोज १२, २०८०

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन