विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो : अर्थमन्त्री

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताउनुभएको छ ।


आईतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०७९-८० सार्वजनिक गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको प्रभाव तथा थोक तथा खुद्रा व्यापार,निर्माण र उत्पादन मुलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा संकुचनका कारण चालु आर्थिक वर्ष २०७९-८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने अनुमान रहेको बताउनु भयो। उहाँले वस्तु आयातमा भएको संकुचन तथा मागमा आएको कमीले स्रोत व्यवस्थापनमा समेत दबाब सिर्जना भएको बताउनु भयो । अर्थमन्त्री डा. महतले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताउनु भयो। उहाँले पेट्रोलियम पदार्थको मूल्य क्रमशः कम हुँने क्रमले निरन्तरता कायम रहे मूल्यमा परेको दबाब कम हुने अपेक्षा सरकारको रहेको बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा वाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनको लागि अवलम्वन गरेको आयात नियमन र नियन्त्रण नीतिको पुनरावलोकन र रेमिट्यान्समा भएको सुधारको फलस्वरुप बाह्य क्षेत्र सन्तुलनमा सुधार भएको बताउनु भयो । उहाँले मुलुकको शोधानान्तर स्थिति वचतमा रहेको भन्दै विदेशी मुद्रा सञ्चिती ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न प्राप्त रहेको दाबी गर्नुभयो । उहाँले पर्यटन आगमनमा पनि उल्लेखिय वृद्धि भइ वित्तीय पुँहच बिस्तार भएको बताउनु भयो । उहाँले संघीय सरकारले निर्माण गरेको सडकको लम्बाई १३४ हजार १ सय किलोमिटर पुगेको बताउनु भयो। अर्थमन्त्री डा. महतले कुुल जडित विद्युत क्षमता २६ सय ६६ मेगावट पुगेसँगै विद्युत निर्यात हुन थालेको बताउनु भयो ।


उहाँले भन्नुभयो,‘२०२३मा विश्व आर्थिक गतिविधिमा सुस्तता आई सोको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको छ । अन्तर्राष्ट्रिय परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार,निर्माण र उत्पादन मुलक उद्योगको उत्पादन लगायत समग्र आर्थिक क्रियाकलापमा संकुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि २.१६ प्रतिशत अनुमान छ । वस्तु आयातमा भएको संकुचन समस्टिगत मागमा आएको कमीको कारण आर्थिक गतिविधिमा सुस्तता आई स्रोत व्यवस्थापनमा समेत दबाब सिर्जना हुन गएको छ ।

विश्व बजारमा पेट्रोलियम पदार्थ लगायत खाद्यान्न तथा कच्चा पदार्थको मूल्यमा भएको वृद्धिको कारण  चालु आर्थिक वर्षको शुरुवातमा आयातित वस्तुको साथै समग्र मूल्य स्तरमा दबाब सिर्जना भएको छ । खास गरी पेट्रोलियम वस्तुको मूल्य क्रमशः कम हुँदै गएको र सोको निरन्तरता कायम रहेमा मूल्यमा परेको दबाब कम हुने अपेक्षा गरेको छु । गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा देखिएको दबाब व्यवस्थापनको लागि अबलम्बन गरेको आयात नियमन र नियन्त्रण नीतिको पुनारावलोकन र रेमिट्यान्समा भएको सुधारको फलस्वरुप वाह्य क्षेत्र सन्तुलनमा सुधार भएको छ । सोधानान्तर स्थिति वचतमा रहेको छ । विदेशी मुद्रा सञ्चिती ९.४ महिनाको वस्तु तथा सेवाको आयात धान्न प्राप्त रहेको छ । पर्यटन आगमनमा पनि उल्लेखिय वृद्धि भइ वित्तीय पुँहच बिस्तार भएको छ । संघीय सरकारले निर्माण गरेको सडकको लम्बाई १३४ हजार १ सय किलोमिटर पुगेको छ । कुुल जडित विद्युत क्षेमता २६ सय ६६ मेगावट पुगेसँगै विद्युत निर्यात हुन थालेको छ ।’

 
उहाँले भन्नुभयो,‘ विगतमा सार्वजनिक संस्थाहरुले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भएता पनि समय क्रममा सार्वजनिक संस्थामा व्यवस्थापन कमी कमजोरीको कारण समग्र वित्तीय स्थिति सन्तोषजनक हुन नसकेको अवस्था छ । नेपाल सरकारको लगानी मार्फत सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानहरु मध्ये २५ नाफामा सञ्चालित छन् । सार्वजनिक संस्थामा सरकारको शेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७८÷७९मा सार्वजनिक संस्थानबाट नेपाल सरकारले ६ अर्ब १६ करोड बराबरको लाभांश अर्थात लगानीको १ प्रतिशत लाभाशं प्राप्त गरेको छ ।सार्वजनिक संस्थानको कुल सञ्चालन आय ३६.२ प्रतिशत वृद्धि भएर ५ खर्ब ७५ अर्ब पुगेको छ । प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राखि रहन आवश्यक नभएका संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको छ । सार्वजनिक क्षेत्रभित्र राख्न सार्वजनिक संस्थानको संरचना र व्यवस्थापकिय सुधार आवश्यक देखिन्छ ।’

अर्थमन्त्री महतले सार्वजनिक संस्थानको कुल सञ्चालन आय ३६.२ प्रतिशत वृद्धि भएर ५ खर्ब ७५ अर्ब पुगेको बताउनु भयो। उहाँले प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका संस्थानको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन गर्न आवश्यक देखिएको बताउनु भयो। उहाँले सार्वजनिक क्षेत्रभित्र राख्न सार्वजनिक संस्थानको संरचना र व्यवस्थापकिय सुधार आवश्यक रहेको पनि बताउनु भयो । 


काठमाडौं

शुक्रबार, अशोज १२, २०८०

२२.७२°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले चोरी पैठारी नियन्त्रण गर्न सकेन : केपी ओली

प्रधानमन्त्री आज अमेरिका जाँदै

युएन महासभामा गरिव राष्ट्रको तर्फबाट नयाँ भिजन दिनेछु :...

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलाई लिएर रास्वपाले दियो लिखित...

खेलकुद समाचार

थप देखाउनुहोस्

Asia Cup 2023

Nepal

178

:

hold up

India

FULL TIME

ICC world cup qualifier

Nepal

238

:

339

West Indies

FULL TIME

ICC world cup qualifier

Nepal

211

:

207

America

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार तारा अधिकारीको संयोग सार्वजनिक

चर्चित गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्री’ को...

दिनेश श्रेष्ठको सार्बजनिक हुनुपूर्व नै टिकटकमा भाइरल “ए परदेशी...

गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘भन्छन् स्वामीले’सार्वजनिक

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन