काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भोटो जात्रा अवलोकनको लागि ललितपुरको जावालखेल पुग्नुभएको छ । यसअघि राष्ट्रपतिको सवारीको बेला बाटो खाली गराएर उहाँको सवारी हुने गरेकोमा आज भने राष्ट्रपति पौडेल बाटो खाली नगराइकन जावलाखेल पुग्नुभएको छ ।
राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै उहाँले आफ्नो सवारीको बेला नागरिकलाई दुस्ख नदिन निर्देशन दिनुभएको थियो । सरकारले पनि सवारी व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन गर्ने बताएको थियो ।
काठमाडौं उपत्यकाकै सबैभन्दा लामो र ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम केहीबेरमा रहेको छ ।