नयाँ शैक्षिकसत्र शुरु भएसँगै ५९ जिल्लाका विद्यालयहरुमा पुग्यो पाठ्यपुस्तक

author

समाचारपाटी

१0 महिना अगाडि

नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । सोमवार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको छ । अनुगमनपश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको बताउनु भयो । उहाँले अहिलेसम्म ५९ जिल्लाका प्रत्येक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गर्नुभयो ।

उहाँले जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरी बिक्रीवितरण गरिहेको जानकारी दिनुभयो । उहाँले गत चैत २४ गतेदेखि देशभर पाठ्यपुस्तक बिक्रीवितरण शुरु गरेको र हालसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याइ विद्यार्थीहरुलाई विवतरण गरेको बताउनु भयो । उहाँले अब बाँकी १८ जिल्लामा वैशाख १५ गतेसम्म पुस्तक पुग्ने बताउनु भयो । प्रवन्धक झाले कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको र कतिपय ढुवानीको क्रममा रहेको भन्दै बिक्रीवितरण गरेर ढुवानीको क्रममा रहेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले ढुवानीमा समय लाग्ने हिमाली र पहाडी दुर्गम जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण गरेको बताउनु भयो । उहाँले अहिले हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेको दाबी गर्नुभयो । उहाँले दुर्गम हिमाली जिल्लाहरु हुम्ला,डोल्पा,मुगु,जुम्ला,कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरुमा समेत पाठ्यपुस्तक पुगिसकेको बताउनु भयो । उहाँले पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पुर्याउन सफल भएको बताउनु भयो । उहाँले ३ वटा छपाई मेसिन खरिद गरी ८० हजार प्रतिदिन छपाई क्षमताबाट २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुर्याएकाले सहज भएको बताउनुभयो । उहाँले कागज खरिदमा समस्या नहुनु,स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पुर्याउन सकिएको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘जनक शिक्षा सामग्री केन्द्रले कक्षा ६ देखि १० कक्षासम्मको पाठ्यपुस्तकहरु छपाईको काम सम्पन्न गरेको छ । केन्द्रले १ करोड ५० लाख पुस्तक प्रकाशन गर्नुपर्नेमा पूरै काम सम्पन्न गरिसकेका छौं । पुस्तक छपाईको काम सकेर बिक्रीवितरणको काम सम्पन्न गरेका छौं । गत चैत २४ गतेदेखि देशभर पुस्तक विक्रिवितरण शुरु भएको थियो । चैत २४ गतेदेखि २०८० वैशाख ३ गतेसम्म ५९ जिल्लामा पुस्तक बिक्रीवितरण सम्पन्न गरिसकेका छौं । कतिपय विद्यालयहरुमा पुस्तक पुगिसकेको छ भने कतिपय ढुवानीको क्रममा रहेको छ । केन्द्रले बिक्रीवितरण गरेका पुस्तकहरु ३ दिन भित्रमा प्रत्येक विद्यालयमा पुस्तक पुग्छन् ।

हिमाली जिल्लाहरुका सबै विद्यालयमा पुस्तकहरु पुगिसकेका छन् । दुर्गम हिमाली जिल्लाहरु हुम्ला,डोल्पा,मुगु, जुम्ला, कालिकोट, मनाङ र मुस्ताङ जिल्लाहरुमा पाठ्यपुस्तक पुगिसकेका छन् । ढुवानीमा समय लाग्ने हिमाली र पहाडी जिल्लाहरुलाई प्राथमिकतामा राखेर पुस्तक बिक्रीवितरण शुरु गरेका थियौं । विगतका वर्षहरुमा विद्यालयहरुमा लोमो समयसम्म पुस्तकहरु नपुग्ने समस्या रहेपनि यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नै विद्यालयहरुमा पुस्तक पुग्न सक्नुको मुख्य कारण भनेको पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले भएको हो । फोर कलरको तीन वटा छपाई मेसिन खरिद गर्न सफल भयौं । मेसिनको संख्या २ थियो ३ थप्दा ५ वटा छपाई मेसिन भयो । ८० हजार प्रतिदिन छपाई क्षमता भएकोमा मेसिन थपिएसँगै प्रतिदिन छपाई क्षमता पनि २ लाख ४० हजार छपाई गर्ने क्षमतामा पुगेका छौं । कागज खरिदमा समस्या नहुँदा पुसपछि निरन्तर रुपमा मसिन सञ्चालन गरिरहेका छौं । कागज अभावको कारण छपाई मेसिन बन्द भएन । स्थायी र जेलदारीका जनशक्ति थप गरेर छपाई गर्न सफल भयौं । चालुपुँजीको पनि समस्या भएन । राष्ट्रिय वाणिज्य बैंक र नागरिक कोषबाट ऋण लिएका छौं । ऋण चुक्ता पनि भइरहेको छ । ७५ करोड राष्ट्रिय वाणिज्य बैंक र १० करोड गरी ८५ करोड ऋणमा ४० करोड चुक्ता समेत गरिसकेका छौं । प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि तप सहज भयो ।’

उहाँले राष्ट्रिय वाणिज्य बैंकबाट ७५ करोड र नागरिक कोषबाट १० करोड गरी ८५ करोड ऋण लिएर पुस्तक छपाई गरेको बताउनु भयो । उहाँले पुस्तक बिक्रीवितरण गरेसँगै ४० करोड ऋण चुक्ता समेत गरिसकेको बताउनु भयो । उहाँले प्रधानमन्त्री कार्यालयबाट भएको सहयोगले पनि पुस्तक छपाईमा थप सहज भएको बताउनु भयो । केन्द्रले केन्द्रिय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२०,प्रादेशिक कार्यालय पोखराबाट ७ लाख ७५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ७ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ । सामग्री केन्द्रका अनुसार अझै १८ जिल्लाका विद्यालयहरुमा पुस्तक पुग्न बाँकी रहेको छ ।

जसमासोलुखुम्बु,धनकुटा,मोरङ,सुनसरी,झापा,सिरहा,सर्लाही,बारा,पर्सा,रुपन्देही,बाँके,बर्दिया,दैलेख,सुुर्खेत,डोटी,डडेलधुरा,कञ्चनवुर र कैलाली जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक बिक्रीवितरण हुन बाँकी रहेका छ । सामग्री केन्द्रका अनुसार बिक्रीवितरण हुन बाँकी जिल्लाहरुका केन्द्रिय कार्यालय तथा प्रादेशिक कार्यालयहरुबाट पाठ्यपुस्तक बिक्रीविरण कार्य भइरहेको छ । नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउने गरी  काम गरिरहेको छ ।


काठमाडौं

शनिबार, फाल्गुन १२, २०८०

६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’...

चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक