काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ४ दिनपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।
पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल आज निको भएर शीतल निवास फर्किनुभएको छ ।
राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या रहेको उपचारमा संलग्न चिकित्सकले बताउनुभएको थियो।