माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश

author

समाचारपाटी

११ महिना अगाडि

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य शिवचन्द्र प्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । 
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष सिके राउतले उहाँलाई पार्टीमा प्रवेश गराउनुभएको हो । त्यसक्रममा कुशवाहले बारा क्षेत्र नम्बर २ का जनताको भावना अनुसार चुनाव लडन आफू जनमत पार्टीमा प्रवेश गर्नुपरेको स्पष्ट पार्नुभयो । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उहाँलाई जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादवले ३५४ मतले पराजित गर्नुभएको थियो । तर जनताको भावना विपरित माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले सो पार्टी परित्याग गर्नुपरेको पनि कुशवाहले खुलासा गर्नुभयो । उहाँले निर्वाचनमा हार व्यहोरेका यादव पदलोलुप भन्दै बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा हराएर पठाउने चेतावनी समेत दिनुभयो । माओवादी पार्टीले आफूमाथि जालझेल र षडयन्त्र गरेकाले आफूले मधेस मुक्ति र देशका लागि केही गर्ने मनोविज्ञान बोकेको सिके राउत नेतृत्वको जनमत पार्टी रोज्नु परेको उहाँको भनाई थियो । 

कुशवाहले भन्नु भयो,  ‘बारा क्षेत्र नम्बर २ मा अहिले उपनिर्वाचन हुँदैछ । त्यहाँको जनताको भावना विपरित उपेन्द्र यादव कति पदलालुप सत्ता बिना बाँच्नै नहुने । जो व्यवहारहरु हामीले देखेका छौं । त्यसको सामना मात्रै होइन । त्यहाँबाट हराएर पठाउनका निम्ति मैले आज यो जनमत पार्टीका प्रवेश गरेको हुँ । तपाईहरुलाई थाहा छ । हाम्रो पार्टी माओवादी केन्द्रमा मेरो राजनीतिक ऐतिहासिक पृष्ठभूमि २०३७ सालेदेखि नै मैले प्रजातान्त्रिक व्यवस्थाका लागि उमेरै नहुँदा नेताको पछिपछि दौडेर मैले जनताको बीचमा काम गर्दैै जाँदाखेरी २०३७ सालमै मैले सलिममियाँ अन्सारीले मलाई संगठित गर्नुभयो । त्यो बेलादेखि कम्युनिष्टप्रति आस्था राख्दै मैले २०५४ सालसम्म मैले एमालेमा पनि काम गरेँ । र, मैले २०५४ सालबाट माओवादीमा प्रवेश गरेर मैले भूमिगत राजनीति गरेर २०६३ सालम म खुला भएँ । र, २०६४ सालमा संविधानसभाको चुनावमा पनि मैले जितेको थिए । पार्टी भित्र म माथि यति षडयन्त्र, यति जालझेल गरेर हामी जस्तो एउटा क्षमतावान लिडरलाई जहिले पनि माईनस गरेर राख्ने सोचहरु भइराखेको थियो । त्यसैगरी राखिएको थियो ।

मैले माओवादीमा हाम्फाल्दा मैले मेरो आफ्नै फुपु सासुको नाती, हाम्रो माईलो दाईको पनि फुपु सासुको नाती भर्खरै एसएलसी पास गरेर घरमा बसेको थियो । मैले उनीहरु दुवैलाई लिएर माओवादीमा प्रवेश गरेँ । उनीहरुले सोही आन्दोलनमा सहादत प्राप्त गरेँ । मेरा माइलो दाईलाई पटकपटक समात्ने काम भयो । दाईलाई प्रहरीे दुख दिएपछि मेरै आग्रहमा उहाँ पनि माओवादीमा प्रवेश गर्नुभयो । मेरो दाईले तीन पटक झेलनेल काटनु भयो । हाम्रो पृष्ठभूमि माओवादी भित्र गरिएको लगानी मैले ३५४ मतले पराजित भएको हुँ । आज २ नम्बर क्षेत्रमा मर्द कोही छैन ? आज उपेन्द्र यादवको नाम सुन्ने बित्तिकै तपाई लड्नैपर्छ भनेर जिल्लावासी, क्षेत्रवासीहरुले भनिरहेका छन् । मैले पार्टीमा यत्रो लगानी गरेको छु । हाम्रो पार्टीले अहिले उपेन्द्र यादवलाई समर्थन गरेर मलाई चुनावबाट वञ्चित गरिएको छ, जनताको भावनाबाट वञ्चित गरिएको छ । र, जनताले भनेको छ तपाई स्वतन्त्र नलड्नुस् । मैले स्वतन्त्रबाटै लड्न खोज्दा मलाई जनताले के भन्यो भने तपाई चुनाव लड्नै पर्छ । तर स्वतन्त्र होइन । तपाईले कुनै पार्टी समात्नुस् । कम्युनिष्ट पार्टी भित्र मलाई जसरी जालझेल गरेर माइनस गरेर राख्ने काम गर्यो । तर पनि मैले सहेर टिक्दै गरेको थिए । तर, यस्तो अवस्थामा मेरो जनताको भावना विपरित निर्णय गरिसकेपछि मैले पनि निर्णय गर्न बाध्य भएँ । र, मैले संकल्प गरेँ–अब मैले कम्युनिष्ट पार्टी होइन, देशमा केही गर्नका लागि सिके राउत राजनीतिमा प्रवेश गर्नुभएको छ । वैज्ञानिक जस्तो मान्छे, मधेस मुक्तिका लागि उहाँ आउनुभएको छ । देश र जनताको उहाँमाथि परेको मनोविज्ञान अनुसार आफूले पनि उहाँलाई साथ दिन यो पार्टी प्रवेश गरेको छु ।’

कार्यक्रममा बोल्दै जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टी जनताको मात्रै नभई नेताको पनि उद्धार गर्ने पार्टी भएको दाबी गर्नुभएको थियो ।


काठमाडौं

शनिबार, फाल्गुन १२, २०८०

११.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’...

चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक