काठमाडौं । नेपालमा ३ लाखभन्दा धेरै परिवारमा चर्पी नभएको पाइएको छ ।
देशका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये तीन लाख १ हजार ४ सय ९० परिवार अर्थात् ४.५ प्रतिशतमा अझै शौचालय सुविधाको पहुँच नपुगेको तथ्याङ्क छ ।
आज सार्वजनिक भएको तथ्याङ्क कार्यालयको विवरण अनुसार ९५ दशमलव ५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् ।
अहिले ९ दशमलव ८ प्रतिशत परिवारहरुले सार्वजनिक ढलमा जोडिएको फ्लस भएको, ५५ .१ प्रतिशत परिवारले सेप्टिक ट्याङ्कमा जोडिएको फ्लस भएको, ३०.१ प्रतिशतले साधारण शौचालय र 0.५ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन् ।
