रुकुम पश्चिम I रुकुम पश्चिममा विद्यालयबाट फर्किँदै गर्दा ढुङ्गाले लागेर १ जना बालकको ज्यान गएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरीका महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीवार हिजो बेलुका ढुङ्गाले लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी नमराज भट्टराईका अनुसार परियारलाई विद्यालयबाट फर्कने बेला गोइरी भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेको थियो । करिब ६०र७० मिटर माथिबाट आएको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको डीएसपी भट्टराईले जानकारी दिनुभयो ।