सुनिता कार्की, स्याङ्गजा । स्याङ्गजा पुतली बजार नगरपालिका -१३ बस्ने ४४ वर्षिय कमला न्यौपानेकाे उपचारकाे क्रममा निधन भएकाे छ । श्रीमान को कुटपीट बाट केहि समयदेखि काेमा पुग्नुभएकाे कमला न्यौपानेकाे काठमाण्डाैँ थापाथलिमा रहेकाे नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलमा उपाचरकाे क्रममा निधन भएकाे हाे । माघ २२ गते श्रीमान को कुटपीटबाट अचेत अवस्थामा पुग्नुभएकी न्यौपानेकाे गण्डकी मेडिकल कलेज पाेखरामा भेन्टीलेटर मा राखी उपचार भइरहेकाे थियाे ।
गण्डकी मेडिकल कलेजमा १४ -१५ दिनकाे उपचार पछि हस्पिटलले काठमाण्डाैँ रिफर गरेकाे थियाे । उहाँकाे काठमाण्डाै थापाथलिमा रहेकाे नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलमा उपचार भइरहेकाे थियाे । उहाँकाे टाउकाेमा चाेट लागेकाे कारण डक्टरकाे सल्लाहा अनुसार फिजियाे थेरापी गराउँदै आएकाे परिवार साेतले बताउनुभयाे ।
डाक्टर को सल्लाह अनुसार उहाँलाइ केही समय भेन्टीलेटरमा राखेरनै उपचार गर्नुपर्ने अवस्था देखिए पछि उहाँकाे आर्थिक अवस्था कमजाेर भएकाे कारण उहाँकाे उपचारकाे लागि आर्थिक सहयाेग गर्नकाे लागि सामाजिक संन्जाल फेसबुक मार्फत अपिल गरिएकाे थियाे ।
उहाँकाे उपचारकाे लागि उहाँकाे छाेरा किस्मत न्यौपानेकाे खातामा आर्थिक सहयाेग पनि जुटेकाे थियाे । उहाँकाे उपचार गरिरहदा स्वास्थ्यमा केही सुधार भएकाे पनि थियाे । उहाँलाई बचाउन सकिने आश समेत पलाएकाे थियाे । सामाजिक संन्जालमा उहाँकाे दयनिय अवस्था देखेर आर्थिक सहयाेग गर्ने सहयाेगीले छिटाे निकाे हाेस् भनी शुभकामना समेत गरेका थिए ।
आमाकाे स्वास्थ्य अवस्थामा सुधार आउने आश सहित आमालाई याे अवस्थामा पुर्याउने बुबालाई जिल्ला अदालत स्याङ्गजाले सजाय सुनाए पछि उहाँकाे छाेरा किस्मत न्यौपानेले फेसबुकमा यस्ताे पाेष्ट गर्नुभएकाे थियाे । आश पलाएको दिन :-''
''अपराधीलाई छुटाउने प्रयासका वावजुत आजको थुनछेक वहस सगै मम्मी लाई कुटपिट गरि यो अवस्थामा पुर्याउने बुबा लक्ष्मि प्रसाद न्यौपाने र ठूलो बुबा केशव न्यौपानेलाई जिल्ला अदालत स्याङ्गजाले पुर्पक्षका लागि थुनामा पठाऊने आदेश गरेको छ । कोमामा रहनु भएकि आमा र हामी छोराछोरीलाई साच्चिकै न्याय प्राप्ति भएको महसुस भएको छ । आशा पलाएको छ मम्मि छिट्टै ठिक हुनुहुनेछ…।''
नेपाल आदर्श मा. बि कलेजका विद्यार्थी भाइ बहिनीहरुले कमला न्यौपानेकाे उपचारका लागि आर्थिक रकम सहयाेग अभियान मार्फत रकम जुटाएर उपचारमा सहयाेग पुर्याएका थिए ।
उहाँलाइ उपचार गरेर बचाँउने प्रयास गर्दा गर्दै उहाँकाे मङ्गबार निधन भएकाे हाे । उहाँकाे बिहिबार आज पाेखरा रामघाटमा अनत्यष्ठि गरिने भएकाे छ ।

कमला न्यौपानेकाे निधन पछि छाेरा किस्मत न्युपानेले भावुक हुँदै यस्ताे पाेष्ट गर्नुभएकाे छ । ''दियोले जसरी घर उज्यालो पार्छ त्यसरी नै तिमी मेरो जीवनमा उज्यालो छर्ने अनमोल पात्र हौ #आमा।। आफ्ना हरेक #दुःख लाई नै हाम्रो खुसीका लागि दिन दिनै मरे र हामीलाई बचाएर आज सुखका दिनहरु को महसुस पनि गर्न न पाई हामीलाई एकलै बनाएर छोड्न वाध्य बनाउनेलाई म यसै छोड्ने छैन म आफू मरेर भए पनि म हजुरलाई #न्यायन्याय दिलाउने छु मम्मी.... म कल्पना नी गर्न सके छैन त्यो बेला कति पीडा सहनु भयो होला कति पटक बाबु बाबु ...!!! भनेर बोलाउनु भयो होला..!! धिकर छ मलाई त्यति दुःख सहेर आज मलाई यो अवस्था सम्म पुराउनु भयो म हजुरले बाबु भनेर बोलाउँदा म हजुर मम्मी भनेर बोल्न पनि सकिन ..!!! Gonna miss you a lot
''
source:-(किस्मत न्याैपाने काे फेसबुक पाेष्ट) सामाजिक संजालबाट