सर्लाही । जङ्गली जनावर मार्न थापेको विद्युतीय धरापमा परेर सर्लाहीमा १ जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर बलरा नगरपालिका–५ गहुँबारीमा छिमेकीले वन्यजन्तु मार्न थापेको विद्युतीय करेन्ट लागेर ५० वर्षीय रामअक्षय महतो कोइरीको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
राति शौच गर्न गएका बेला महतोलाई करेन्ट लागेको स्थानीयले बताएका छन् ।