काठमाडौं । संघीय संसद्को दोस्रो ठूलो नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।
सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने जनाउँदै विपक्षमा रहने बताउनुभयो । ‘एमालेलाई प्रचण्डप्रति विश्वास छैन। हामी विश्वासको मत दिँदैनौँ,’ संसदीय दलको बैठकमा ओलीले बताउनुभयो ।