‘एक दलको मात्र प्रतिनिधिसभामा बहुमत ल्याउनसक्ने अवस्था छैन्’:-शेरबहादुर देउवा

author

समाचारपाटी

९ महिना अगाडि

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि बढनुको विकल्प नरहेको बताउनुभएको छ । 

कुनै एक दलको प्रतिनिधि सभामा बहुमत पुग्ने अवस्था नभएकाले आफूहरुले गठबन्धनको संस्कार आत्मसात गर्दै अघि बढ्नुपरेको उहाँको तर्क थियो । सोमवाार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गर्नुभएको विश्वासको मत दिने प्रश्तावमाथिको छलफलमा भाग लिँदै उहाँले राजनीतिक गठबन्धनहरु आत्म केन्द्रित, स्वार्थ प्रेरित र क्षणिक लाभका लागि नभई देश, जनता पक्षमा र संविधानको रक्षा गर्दै मुलुकको स्थिरता, विकास र शान्तिका लागि केन्द्रित हुनुपर्ने स्पष्ट पार्नुभयो । सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै मुलुकमा विकास र समृद्धिको कामलाई अघि बढाउन लागि आफ्नो पार्टीले यसअघि पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताउनु भयो । 

उहाँले  भन्नुभयो, ‘यो प्रणालीमा कुनै एक दलको मात्र प्रतिनिधिसभामा बहुमत ल्याउनसक्ने अवस्था प्राय नहुने भएकाले गठबन्धनको संस्कृतिलाई आत्मासात गर्नु परेको छ । त्यसलै हामीले उठाएको गठबन्धनको संस्कारलाई अघि बढाउनुपरेको हो । राजनीतिक गठबन्धनहरु आत्म केन्द्रित, स्वार्थ प्रेरित, क्षणिक लाभका लागि हुनु हुँदैन । देश र जनताको पक्षमा, संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमनचैन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रित हुन आवश्यक छ । मैले सम्माननीय प्रधानमन्त्रीजीले मिति २०७९ साल पुस २६ मा संविधान धारा ७६ को २ बमोजिम समर्थनका लागि प्रस्ताव प्रस्तुत गर्दा देशको प्रमुख एजेण्डाको बारेमा उल्लेख गरेको थिँए । संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा र सार्थक कार्यान्वयनमा मुलुकमा राजनीतिक स्थिरता, विकास हामो आधारभूत आवश्यक्ता भएकोतर्फ संसदको ध्यान आकृष्ट गरेको थिए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत नै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सकिन्छ भन्ने विषयमा जोड दिएको थिए । र, राजनीतिक स्थिरतालाई पूर्व सर्तको रुपमा उल्लेख पनि गरेको थिए । हामीले त्यसबेला संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरेका थियौं । त्यो मतदान राजनीतिक स्थिरताका लागि थियो । मैले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गर्दा भनेको थिए –संसदको अधिवेशनको प्रारम्भमा नै अस्थिरताका आवाज उठन थालेका छन । संसद अनिश्चित र देश अन्यौलतामा जाने सम्भावना बढेको छ । तसर्थ हामीले प्रतिनिधि सभाको पूर्ण कार्यकालको सुनिश्चितता र समगमा राजनीतिक स्थिरताका लागि प्रस्तावको पक्षमा मतदान गरेका थियौं । हामी संविधान प्रदत्त राजनीतिक अवस्था, राजनीतिक स्थिरता र देशको समृद्धिको पक्षमा हमेसा उभिएका हौं । र, उभिरहने बाचा गर्दछौं । आज भन्दा २१ महिना पहिले प्रतिनिधिसभाको असंवैधानिक, अलोकतान्त्रिक र अस्वभाविक अवस्थाबाट देश अस्थिरताबाट तर्फ जाने खतरा उत्पन्न भएको थियो । अप्रत्यासित तवरले आएको राजनीतिक घटनाक्रमको बीचमा नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त भएको थिए । तत्कालीन अवस्थामा मेरो नेतृत्वमा नियुक्ती पनि संविधान र देशको पक्षमा थियो । प्रतिनिधिसभाको पूर्ण कार्यकाल पूरा गर्नु र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु, देशलाई लोकतान्त्रिक मार्गका लैजानु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो । यस कुरामा तमाम चुनौति र कठिनाईहरु थियो । तर पनि प्रतिनिधिसभा पूर्ण कार्यकाल कायम रह्यो । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न भयो । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भयो । देशले स्थिरता र संविधानसम्मत यात्राको र तत्कालीन अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, स्थिरता, संविधानको सफल कार्यान्वयनका साथै आर्थिक क्षेत्रमा पनि उल्लेखनीय कार्य भएका थिए ।’
सभापति देउवाले २१ महिना अघि आफूले संविधानको रक्षा गर्दै त्यसको सफल कार्यान्वयनका लागि सरकारको नेतृत्व लिनु परेको र सो कार्य सफलतापूर्वक सम्पन्न गरेको दावी समेत गर्नु भयो ।


काठमाडौं

शनिबार, मंसिर १६, २०८०

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन