काठमाडौं । साताकाे पहिलाे दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो। गत माघ १९ गते सुनको मूल्य बढेर तोलामा १ लाख ७ हजार ५०० पुगेर थियो। त्यसपछि चैत्र ५ गते प्रतितोला सुनको मूल्य १ लाख २ हजार ९०० पुगेको थियो।
सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। यसदिन प्रतितोला चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आज तोलामा ३५ रुपैयाँले बढेको हो।