स्याङ्गजा । स्याङ्गजा फेदीखाेला- २ खड्केटारीमा ''परिवर्तनका लागि युवा'' भन्ने मुल नाराका साथ स्थापना भएकाे ''परिवर्तन युवा कल्ब''काे साधरण सभा तथा दाेस्राे अधिवेशन सम्पन्न भएकाे छ । शनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनबाट मनाेज कार्कीकाे नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएकाे हाे ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र थापा ,विशिष्ट अतिथि डिलबहादुर कार्की ,धर्मदेवी क्षेत्री ,सल्लाकार जितजंग कार्की, इश्वर अधिकारी लगायतले परिवर्तन युवा कल्बले स्थापनाकाल देखी गर्दै आएका उदारणिय कामहरूकाे प्रशंसा गर्दै निवर्तमान कार्य समितिलाई धन्यवाद दिदै नयाँ कार्य समितिलाइ सुझावसहित शुभकामना दिनुभएकाे थियाे ।
परिवर्तन युवा कल्बले विभिन्न माध्यमबाट आर्थिक सहयाेग जुटाएर क्यानसरका बिरामी ,किड्नीका बिरामी , आवास निर्माण जस्ता सामाजिक उल्लेखिनिय कार्यहरू गरेकाे पवित्र सस्था परिवर्तन युवा कल्बलाई उहाँहरूले सबै तबरबाट साथ सपाेर्ट गर्ने प्रतिवद्धता समेत दिनुभएकाे थियाे ।
कल्बका निवर्तमान अध्यक्ष डेलनारायण शर्माले अहिले सम्म आफुले कल्बमा अध्यक्षकाे भूमिकामा रहेर विभिन्न कार्यक्रम नि:शुल्क दन्त शिविर , आखा शिविर , खेलकुदका कार्यक्रम भएका बताउनुभयाे । कल्बलाई अगाडि बढ्न साथ सहयाेग गर्ने निवर्तमान कार्य समिति लगायत कल्बलाईअगाडि बढ्न सहयाेग गर्ने समाजसेवी ,सल्लाकारहरू सम्पूर्णलाई धन्यवाद दिनुभएकाे थियाे । कल्बले गरेका कार्यक्रम आम्दानी, खर्चकाे बारेमा लिखित प्रतिवेदन पनि उहाँले प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा परिवर्तन युवा कल्बका सस्थापक अध्यक्ष हुम बहादुर खत्रीले कल्बले गरेका उदारणिय कामहरूकाे प्रशंसा गर्दै निवर्तमान कार्य समितिलाई धन्यवाद दिदै नयाँ निर्वाचित कार्यसमितिलाईआफुले जिउ ज्यान दिएर साथ सपाेर्ट गर्ने प्रतिवद्धता दिनुभएकाे थियाे ।
कार्यक्रमका अतिथि धर्मदेवी क्षत्री, कल्बका सस्थापक अध्यक्ष हुम बहादुर खत्री ,सल्लाकार जीतजगं कार्की, समाजसेवी विर बहादुर कार्की ,सल्लाकार इश्वर अधिकारीकाे सहजीकरणमा नयाँ कार्य समिति निर्वाचित भएकाे थियाे ।
परिवर्तन युवा कल्बका नयाँ कार्य समितिमा अध्यक्षमा मनाेज कार्की, बरिष्ठ उपाध्यक्षमा सुदिप अधिकारी, उपाध्यक्षमा हितेश अधिकारी , काेषाध्यक्षमा सन्ताेष कार्की, सचिवमा हिक्मत जगं कार्की, सह सचिवमा सुनिता कार्की, सदस्यहरूमा सिता कार्की, भिम शर्मा, महेन्द्र शर्मा, समिर खत्री ,विवेक कार्की निर्वाचित भएका हुन् ।
निवर्तमान अध्यक्ष डेलनारायण शर्माकाे अध्यक्षमा सम्पन्न भएकाे कार्यक्रममा सचिव हिक्मत जगं कार्कीले कार्यक्रम संचालन गर्नुभएकाे थियाे । भने कार्यक्रममा स्वागत मन्तव्य मनाेज कार्कीले राख्नुभएकाे थियाे ।
निवर्तमान अध्यक्ष डेलनारायण शर्माले नवनिर्वाचित अध्यक्ष मनाेज कार्कीलाई चाबी हस्तान्तरण गरेर कार्यक्रम समापन भएकाे थियाे ।