विश्वका फिल्म मेकरहरुले निफलाई विश्वास गर्ने वातावरण बनेको छः अध्यक्ष केपी पाठक

author

समाचारपाटी

११ महिना अगाडि

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अहिले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा सञ्चालन भइरहेको छ । चैत्र २ गतेदेखि शुरु भएको मेलामा ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट छनोट गरी ३५ देशका ९५ चलचित्र प्रदर्शन भइहरेका छन् । यी चलचित्रको प्रदर्शन चार वटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन भइरहेको छ । ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी (बिहीवार) प्रदर्शन भइसकेको छ । सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिने आयोजकले बताएको छ । विगतका तुलनामा यस पटक उल्लेख्य मात्रामा फिल्म मेकर र दर्शकहरु आएका छन् । मेला अझै ३ दिन अर्थात् ६ गतेसम्म सञ्चालन हुनेछ । यही सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपालले निफका अध्यक्ष केपी पाठकसँग कुराकानी गरेको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष पाठकले सरकारले चलचित्र क्षेत्रलाई महत्व नदिएको गुनासो गर्नुभयो । उहाँले सरकारले यस्ता महोत्सवहरुलाई वार्षिक कार्यक्रममा नसमेटेसम्म यी मेलाहरुको महत्व बढ्न नसक्ने बताउनु भयो । उहाँले सरकारले प्राथमिकता दिएर यस्ता चलचित्र महोत्सवहरुलाई वार्षिक रुपमा बजेट छुट्याइदिए अर्को वर्षको निफ सातै प्रदेशमा फिल्म फेस्टिबल गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सातै प्रदेशमा फिल्म फेस्टिबल गर्दा अन्तर्राष्ट्रिय स्तरका फिल्महरु सबै नागरिकहरुले हेर्न पाउने र फिल्म फेस्टिबलको दायरालाई बिस्तार गर्न सहज हुने बताउनु भयो । अध्यक्ष पाठकले ८०/९० देशहरुमा निफको सम्बन्ध बिस्तार भएको र यसलाई आगामी दिनमा झनै बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । 

प्रश्नः निफ के हो र किन ?
उत्तरः निफ नेपाली इन्टरनेशनल फिल्म फेस्टिबल हो । जुन विश्वव्यापी मान्यताअनुसार विश्वव्यापी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संरचनाअनुसार निफ सञ्चालन भएको थियो । त्यसलाई अघि बढाउने क्रममा आजको दिनसम्म आइपुगेका छौँ । यो विश्वव्यापी रुपमा हरेक फिल्म फेस्टिबलमा देखाइने सिनेमाहरु पब्लिक थिएटरमा देखाइने चलन हुन्छ । हाम्रो त्यो किसिमको संस्कृति भन्दा अलि फरक किसिमको संस्कृति बनेको थियो । नन थ्रिएटिकल ठाउँहरुमा सिनेमा देखाउने र त्यहीँ बहस छलफल आदि गर्ने, संस्कृति बनेको थियो, त्यसलाई नै इन्टरनेशनल फिल्म फेस्टिबल संस्कृति भन्ने हामीले बुझेका छौँ । सामान्यतया हामीले देखेको पनि त्यत्ति नै हो । अलि फरक छ भन्ने देखाउनका लागि हामीले यस वर्ष सिनेमा देखाउने नै हलमा फिल्म देखाउने वातावरण तयार गरेका छौँ । पोखराबाट हामीले पहिलो संस्करण शुरु गरेका थियौँ । एउटा ठाउँबाट फिल्म फेस्टिबल गरिरहेको बेला अहिले ५ वटा ठाउँमा फिल्म देखाउने अवस्थामा आइसकेका छौँ । त्यति बेला १०÷१५ जना मात्रै फिल्म मेकरहरुको सहभागिता रहेको थियो भने अहिले ५० जना भन्दा धेरै फिल्म मेकरहरुको सहभागिता रहेको छ । त्यतिबेला एउटा मात्रै जुरी कमिटी बन्थ्यो भने अहिले तीन वटा जुरी कमिटी बन्ने अवस्थामा हामी पुगेका छौँ । त्यो पनि अन्तर्राष्ट्रिय जुरी कमिटी । त्यसैले आजको दिनसम्म आइपुग्दा निफले आफ्नो लक्ष्य हासिल गरेर अघि बढेको भन्ने लाग्छ । यो बीचमा हामी बेल्ट टाइम रोड फिल्म फेस्टिबल अलायन्सको सदस्य बन्यौँ । विभिन्न फिल्म सोसाइटीको सदस्य बन्यौँ । हामी करिव जिरोबाट अहिले ८०÷९० देशहरुमा निफको सम्बन्ध बिस्तार भएको छ । हामीलाई अहिले ५ सय भन्दा धेरै फिल्महरु सामान्य रुपमा समिट आउँछन् । ५०÷६० भन्दा धेरै देशहरुबाट संगठित हुन्छन् । अहिले भएका फिल्महरु देखाउन नसकेर ९९० वटा फिल्म छान्नुपर्ने अवस्थामा हामी पुगेका छौँ । यो भनेको विश्वव्यापी फिल्म मेकरहरुले हामीलाई विश्वास गर्ने वातावरण बनेर हामी यहाँसम्म आइपुगेका छौँ । 
प्रश्नः निफ कसका लागि हो ?
उत्तरः इन्टरनेशनल फिल्म महोत्सव दर्शकका लागि हो र फिल्म मेकरका लागि हो । दर्शकमा फिल्म हेर्ने संस्कृतिको विकास गर्ने हो, सिनेमा हेर्ने बानी बनिसकेपछि अर्को देशको सिनेमा पनि प्रचार हुन्छ । दर्शकको लागि बजारमा नपाइने, युट्युबमा नपाइने वा कुनैपनि ठाउँमा नपाएने फ्रेस सिनेमाहरु हुन्छन् र फिल्म मेकरलाई अन्य देशका फिल्म मेकरहरुको भेट र चलचित्रका बारेमा छलफल हुने ठाउँ हो । निफ अहिले यस्तो क्षेत्र बनेको छ जहाँ ५०÷६० जना फिल्म मेकर विदेशी हुनुहुन्छ । नेपालका फिल्म मेकरहरु पनि आउनुभएको छ । आइडिया शेयर, मार्केटिङ र कोलाब्रेशनको बिस्तार गर्ने माध्यम बनेको छ । हामीले कतिपय फिल्महरु अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पठाइरहेका छौँ । यसअर्थमा दर्शक र फिल्म मेकरका लागि हो । फिल्म मेकरका लागि यो उत्सव हो, दर्शकका लागि पनि विभिन्न देशका सिनेमाहरु चिन्ने प्ल्याटफर्म हो । 

प्रश्नः निफले राजनीतिकर्मी र सरकारलाई बढी महत्व दिन खोजेको जस्तो देखिन्छ तर त्यहाँबाट जहिले पनि धोका पाएको जस्तो देखिन्छ नि, किन यस्तो भइरहेको छ ?
उत्तरः चलचित्रको अहिलेसम्म बनेको नीति पनि कार्यान्व्यनमा आएको छैन । त्यो नीतिलाई कार्यान्वयनमा ल्याउनुछ । आवश्यक्ता अनुसारको नीति बनाउन र यस्ता फेस्टिबलहरु राज्यलाई देखाइएन वा राज्यलाई सुनाइएन वा भनिएन भने भोलिका दिनमा अझै गाह्रो हुन्छ । अहिलेको भन्दा झनै गाह्रो हुने देखिन्छ । त्यसैले फिल्म फेस्टिबल नर्मल्ली राज्यको फण्डिङमा प्रायोजित हुने हो । अधिकांश देशहरुमा फण्डिङ एजेन्सीहरु हुन्छ । राज्यले प्रत्यक्ष पनि सपोर्ट गर्छ । तर हाम्रोमा त्यस्तो स्थिति बनिसकेको छैन । किनभने हामीले कतै न कतै राज्य, सरकार, नेताहरुलाई बुझाउन नसकिएको हुनसक्छ । फिल्म फेस्टिबलमा ठूला मान्छेहरु आइरहेको बेलामा राज्यका ठूला निकायका मानिसहरु, ओहोदामा बसेका व्यक्तिहरुले आएर सम्बोधन गर्नुभयो भने हाम्रो सम्मान भएको अनुभुति हुन्छ । अन्य देशका मानिसले नेपालमा त सिनेमालाई प्राथमिकतामा राखेको रहेछ भनेर अरु देशलाई म्यासेज दिनसके उनीहरुको नेपालप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ भन्ने हिसावले राजनीतिक नेताहरु, सरकारलाई ल्याउने र उहाँहरुको प्रतिवद्धता लिनको लागि हो । राजनीतिक मान्छेहरुको प्राथमिकता राजनीति नै होला । हाम्रो लागि प्राथमिकता सिनेमा हो । उहाँहरुको कर्मलाई प्राथमिकता दिनुपरेको होला, त्यसैले हाम्रो कर्मतिर उहाँहरुले प्राथमिकता दिनुभएन । 

प्रश्नः निफलाई अघि बढाउन कस्ता योजनाहरु हामीले बनाएका छौँ ?
उत्तरः हामीले निफमा राम्रो फिल्म र फिल्म मेकरहरु ल्याएका छौँ । दर्शकहरुलाई विभिन्न देशका स्वाद पस्किएका छौँ । तर महत्वपूर्ण गर्नैपर्ने काम हामीले गर्नसकेका छैनौँ । किनभने हामीसँग श्रोतको अभाव छ । कर्पोरेट हाउसले हामीलाई सपोर्ट गर्दैन । सरकारको फण्डिङ एजेन्सीहरु छैन । सरकारले वार्षिक कार्यक्रममा राखिदिए हुन्थ्यो भन्ने हो, यस्ता फेस्टिबललाई वर्षको तीन करोडसम्म छुट्याउने अवस्था बन्यो भने त्यो काम गर्न सकिन्छ । कुनैपनि फिल्म फेस्टिबलको क्रिएटीबिलिटी बढ्नको लागि त्यो फेस्टिबलमा मार्केट, फिल्मको बजार किनबेच हुनुपर्छ । निफ अहिलेसम्म किनबेच हुने प्ल्याटफर्मको रुपमा विकास भइसकेको छैन । त्यसको लागि बजार, फिल्म प्रोडक्शनको कम्पनीहरु ल्याउन सक्नुपर्छ । यस पटक पनि गर्ने पहल गरेको हो श्रोतले साधन दिएन । यस पटक काठमाडौं ललितपुर र भक्तपुरमा किन बिस्तार गरेका हौँ भन्दा हाम्रो आगामी लक्ष्य देशव्यापी रुपमा दिने हो । सातै प्रदेशमा एउटै कन्टेन दिएर फेस्टिबल गर्न सकिन्छ की भनेर काठमाडौं बाहिरका मानिसले पनि संसारका फिल्म हेर्न पाउनेगरी विकास गर्न गइरहेका छौँ । त्यसका लागि सरकारले वार्षिक कार्यक्रम अन्तर्गत यो फेस्टिबल राखिदिए कम्तिमा दुई,तीन करोड बजेट छुट्याइदियो भने अर्को वर्षदेखि काम गर्न सकिन्छ । नत्र भने यही सानो क्षेत्रबाट बाहिर उठ्न सक्दैनौँ । 

newsagencynepal


काठमाडौं

शुक्रबार, फाल्गुन ११, २०८०

१७.१५°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

ACC Men's U19 Asia Cup 2023

Nepal

116

:

261

Afghanistan

FULL TIME

ACC Men's U19 Asia Cup 2023

Nepal

152

:

153

Pakistan

FULL TIME

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने

प्रमोद खरेलको नयाँ गीत ”मनमा पर्‍यो चोट” सार्वजनिक (भिडियो)

प्रताप दास र निता आचार्यको गीत ‘झिम झिम परेली’...

चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक