महानगरले मौखिक रुपमा दरबार मार्गको पार्किङको विकल्प दिएर हुँदैनः गोपाल सुन्दरलाल कक्षपती

author

समाचारपाटी

९ महिना अगाडि

दरबार मार्ग विकास बोर्डका पूर्वअध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले काठमाडौं महानगरपालिकाले दरबारमार्गको पार्किङको विकल्प मौखिक रुपमा दिएर नहुने बताउनुभएको छ । 
पूर्वअध्यक्ष कक्षपतीले महानगरले दरबार मार्गको पार्किङको विकल्प छ भनेर मात्रै नहुने भन्दै बोर्डलाई पार्किङका विकल्प विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड हो भनेर पत्राचार गर्नुपर्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले महानगरपालिकाले दिएको विकल्प उपयुक्त नभएको बताउनु भयो । उहाँले बोर्डसँग महानगरले पार्किङको विकल्प दिए तत्काल समस्याको समाधान हुने बताउनु भयो । उहाँले सञ्चार माध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरुले विकल्प नदेखेको दाबी गर्नुभयो । कक्षपतीले दरबारमार्गको पार्किङको विकल्पहरु निजी क्षेत्रको भएकाले समस्या समाधान हुन नसक्ने बताउनु भयो ।  

प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग सुनसान
संघीय राजधानीको चिरपरिचत र प्रमुख व्यापारिक गन्तव्य दरबारमार्ग अहिले सुनसान बनेको छ ।  दरबार मार्ग सुनसान हुनु विगत लामो समय अघिदेखि सडकको एक लेनमा सवारी पार्किङ हटाउनु प्रमुख कारण देखिएको छ । भिभिआइपी, भिआइपी’ देखि सर्वसाधारणको केन्द्र हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अहिले जे गरिरहेका छन्, त्यो राम्रैका लागि राम्रै सोचेर गरेका होलान् । तर, दरबारमार्गको पार्किङको विषयमा उहाँले राम्रोसँग बुझ्नुभएन जस्तो लागेको छ । जसले उहाँलाई यो ठाउँबारे बुझाउनुपर्ने हो, त्यसमा उल्टो बुझााएको निस्कर्ष हाम्रो हो । दरबारमल, अन्नपूर्ण होटलमा पार्किङको वैकल्पिक व्यवस्था गरेको छ भनेरमात्र पर्याप्त हुँदैन । दरबामार्गको व्यापारका लागि त्यति ठाउँको पार्किङले पुग्दैन । अहिले यहाँको व्यापार सुस्ताउनुको मुख्य कारण नै पार्किङ हो । यसमा महानगरले तत्कालै बुझेर समस्या समाधान गरिदिनुपर्छ । अन्न्पूर्ण होटलले स्विमिङ पुल भाडामा दिएर सञ्चालनमा ल्याइसकेको अवस्थामा त्यहाँको पार्किङ बाहिरका लागि सम्भावना नै हुँदैन । यस्तो बेलामा महानगरले वैकल्पिक व्यवस्था देखाएर उम्किन मिल्दैन । अहिले ग्राहकको दरबारमार्गप्रतिको धारणा नै नकरात्मक भइसकेको छ । कसैले दरबारमार्गमा जाउ वा आऊँ भने त्यहाँ पार्किङ छैन भनेर अन्य ठाउँ जाने निधो गर्न थालिसकेका छन् । अर्थात, दरबारमार्ग आउने ग्राहकको गन्तव्य नै परिवर्तन हुन थालेको छ । जसका कारण यहाँको व्यापार–व्यवसाय सुस्ताएको छ । 

महानगरले मौखिक वैकल्पिक व्यवस्था देखाएर उम्किन मिल्दैन
पार्किङको लागि दरबार मार्गका व्यवसायीहरुलाई छ । काठमाडौं महानगरपालिकाले पार्किङ हटाएदेखि अहिलेसम्म कुनैपनि विकल्प दिएको छै्रन । दरबारमार्ग विकास बोर्डले बारम्बार पत्राचार गरेको छ । मेयरसँग भेट गरेर छलफल गर्न समेत समय दिनुभएको छैन । भेट नदिएपनि पत्राचार गरेर दरबारमार्गको पार्किङको लागि विकल्प यो छ भनेर भन्नुपर्छ । अथवा दरबारमार्ग विकास बोर्डलाई बोलाएर तपाईहरुको मागलाई यसरी समाधान गर्छौं भनिएको भए समस्या समाधान हुने थियो । सञ्चारमाध्यममा विकल्प दिएको छ भनेर सुनेको भरमा व्यवसायीहरुले विकल्प देखेका छैनौं । कहाँ छ विकल्प दिनुभएको छैन । दरबार मार्गको पार्किङको विकल्प विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डरग्राउण्ड पार्किङ छ भनेर हुन्छ । त्यो कसैको निजी हो । कसैको निजीमा पार्किङ गर्ने अधिकार हुँदैन । दरबार मार्गको पार्किङको विकल्प विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डर ग्राउण्ड होइन । त्यो दीर्घकालिन विकल्प पनि होइन । काठमाडौंमा मेयरलाई विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डरग्राउण्ड पार्किङ गर भन्ने अधिकार छैन । मेयरको अधिकार प्रयोग गरेर विश्व ज्योती हल,अन्नपूर्ण होटल र दरबार मलको अण्डरग्राउण्डमा दरबारमार्गमा जाने मानिसहरुले सार्वजनिक रुपमा पार्किङ गर्न पाउँछ भनेर पत्राचार गरेको भए व्यवसायी ढुक्क हुने थियौं । मौखिकको भरमा विकल्प दिएर हुँदैन । 

दरबार मार्ग व्यापारीक मात्रै नभइ सामाजिक केन्द्र हो 
काठमाडौं महानगरपालिका मेयरले कुनै पनि समस्या नभएको स्थानमा आएर पार्किङ हटाएर समस्या सिर्जना गर्नु राम्रो भएको छैन । दरबारमार्गको सडकमा पाँच वटा लेन रहेको छ । एकातिरबाट आउने दुई  र अर्कोतर्फ ३ लेनको सडक रहेको छ । तीन लेन भएको ठाउँमा दुई लेन सवारी साधान गुड्ने र एक लेन पार्किङको लागि दरबारमार्ग विकास बोर्डले १२ वर्ष पहिले नै महानगरपालिकासँग नै बसेर पार्किङको व्यवस्था गरेको हो । पछिल्लो ३० वर्षमा दरबार मार्गको सडकमा ट्राफिकको कुनै समस्या भएको छैन । तर मेयरलाई अकस्मात दरबारमार्गको पार्किङले के समस्या भयो व्यवसायीहरुले बुझ्न सकेका छैनौं । महानगरको निर्णय प्रविधिक रुपमा पनि राम्रो हो जस्तो लाग्दैन । दरबार मार्ग विकास बोर्डको कुनैपनि माग छैन । विगतमा एक लेनमा गर्दै आएको पार्किङ व्यवस्था निरन्तरता होस् भन्ने हो । दरबार मार्ग पसलहरु मात्रै होइन । यहाँको आफ्नै एतिहास रहेको छ । दरबार मार्ग १९६१ मा बनेको संरचना रहेको छ । दरबार मार्ग सामाजिक केन्द्र हो । दरबार मार्गमा पसलमा सामान खरिद गर्न मात्रै नभएर मनोरञ्जन,पर्यटक गन्तव्य, काठमाडौंको राम्रो डाउनटाउन भनेकै दरबार मार्ग हो । दरबार मार्गलाई सरकारले प्राथमिकता दिनुपर्छ । दरबार मार्ग पसलहरुको केन्द्र मात्रै नभएर एतिहास बोकेको सामाजिक केन्द्र हो । 

० प्रतिशत व्यापार घट्यो
महानगरले पार्किङ नहटाउँदा पनि दरबार मार्गमा सवारी, मानिसहरुको जमघट भइरहेकै थियो । व्यवसाय पनि राम्रोसँग चलिरहेको थियो । महानगर पालिकाका मेयरले शान्त भएको तालमा ढुङ्गाले हान्ने काम गर्नुभयो । महानगरले दरबार मार्ग विकास बोर्डसँग समन्वय गरेर दरबार मार्गलाई कसरी राम्रो बनाउने भनेर समन्वय गरेको भए सुनमा सुगन्ध हुने थियो । तर महानगरले उल्टो काम गरेको छ । भइरहेको संरचनालाई बिथोलेर व्यवसायीहरुलाई मारमा बनायो । त्यसले दरबार मार्गमा सामाजिक,आर्थिक प्रभाव भयो । अहिले दरबार मार्ग जानेहरुले पार्किङ नै छैन भनेर जाने सोच बन्द गरेका छन् । आर्थिक प्रभाव परेको छ ।  सयौं पसलहरु छ । पार्किङ हटाएदेखि ६० प्रतिशत व्यापार कमी आएको छ । दरबार मार्गका व्यवसायीहरुले अब दुई पटक सोच्न बाध्य भएका छन् । व्यवसायीहरुले घरभाडा,कर्मचारीको तलब लगायत दिन समेत समस्या आएको छ । यसले व्यवसायीलाई मार पार्ने मात्रै नभएर सरकारलाई समेत प्रभाव परेको छ । सरकारको राजश्वमा समेत प्रभाव पर्यो । महानगरले दरबार मार्गको पार्किङ हटाउँदा कति प्रभाव परेको छ भन्ने कुरा मेयरले थाहा नपाउनु दुःखको कुरा हो ।

 राज्यले नागरिकहरुलाई  दिने सुविधा मध्ये एक हो पार्किङ
पार्किङ राज्यले नागरिकहरुलाई  दिने सुविधा मध्ये एक हो । विश्वका जुनसुकै देशमा नागरिकलाई त्यस्तो खालको सुविधा दिएको छ । दरबार मार्गमा पार्किङको सुविधा व्यवसायीलाई नभएर नागरिकको लागि आवश्यकता हो । दरबार मार्गका व्यवसायीको आवश्यकता हो भन्ने भ्रम पर्नु हुँदैन । पार्किङ सुविधालाई नागरिकले पाउनुपर्ने सुविधाको रुपमा हेर्नुपर्छ । दरबार मार्गका व्यवसायीहरुलाई सडकमा पार्किङ आवश्यकता भयो भन्ने लागेको भए त्यो गलत हो । त्यो सुविधा हुनुपर्ने शहरको स्थान दरबार मार्ग पनि एक हो । विगत लामो समयदेखि दरबार मार्गका त्यही अनुसारको योजना बनाएर काम भइरहेको थियो । काठमाडांैंको चार लेन सडकको मापदण्ड भित्र बसेर माग गरिरहेका हौं । सडक दुई वा चार लेन भएको भए दरबार मार्गमा पार्किङको माग राख्ने थिएनौं । महानगरले पार्किङ हटाए पनि के भयो । त्यो ठाउँ खालि रहेको छ । अहिले दरबार मार्ग मरुभूमि जस्तै भएको छ । दरबार मार्गको पहिलाको माहोल जुन थियो । जुन संरचना थियो त्यसको महानगरले हत्या ग¥यो । दरबार मार्गमा ठूला अण्डरग्राउण्ड गर्ने ठूला घरहरु धेरै छैनन् । चार आनामा बनेका घरमा कसरी अण्डरग्राउण्ड पार्किङ कसरी बनाउने , मेयरलाई दरबार मार्गको अवस्था नै थाहा पाउनुभएको छैन ।  उहाँलाई दरबार मार्गको संरचना  र अवस्थाको विषयमा थाहा नै छैन । उहाँल कसैले भनेको भरमा निर्णय गरिदिनु भयो । विडम्बनाको कुरा यहाँ छ । दरबारमार्गको सडक पार्किङ व्यवसायीको मात्रै माग होइन । व्यवसायीहरु संग्लन भएका छन् । यहाँ पार्किङको सुविधा हुनु नागरिकको माग हो । महानगरले दरबार मार्गमा कुनै पार्किङको विकल्प दिए व्यवसायी खुशी छौं । अहिले भइरहेको पार्किङ भन्दा बढी क्षेत्रमा पार्किङ गर्ने व्यवस्था गरे व्यवसायीहरु खुशी हुन्छौं ।


काठमाडौं

शनिबार, मंसिर १६, २०८०

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन