काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्रैबाट विपी कोईरालामाथि अन्याय भइरहेको टिप्पणी गर्नुभएको छ ।
आजको समस्या समाधान गर्न पनि विपी कोईरालाले नै भनिदिएको हुनुपर्ने अवस्था पार्टी भित्र रहनु विपीमाथि नै काँग्रेसले अन्याय गर्नु रहेको उहाँको तर्क थियो ।
नेपाल ट्रेड युनियन काँग्रेसको मंगलवारबाट काठमाडौंमा सुरु भएको नीति अधिवेशनमा बोल्दै महामन्त्री थापाले नेपालमा सृजना भएका रोजगारीमा नेपालीहरुले काम नपाउने चुनौति आज रहेको र त्यसको समाधान विपी कोईरालाको भनाईलाई खोजेर गर्न नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले हाम्रो भागको समस्याको समाधान हामी आफैँले गर्नुपर्ने भन्दै त्यसमा लाग्न पनि ट्रेड युनियन काँग्रेसका पदाधिकारीहरुलाई सचेत गराउनु भयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘रोजगारी सृजना हुन्छ । तर नेपालीले पाउँदैनन् त्यसमा काम । आज के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेका छैनन् रु सानो गार्मेन्ट खोल्ने मान्छेलाई हामीले कुरा गर्न गयो भने के, कति कारणले गर्दा होला उसले पनि नियतवस नेपालीलाई कामै दिन्न भनेको त होइन होला । तर के, कति कारणले नेपाली कामदारहरु काम लागि रहेको छैन रु आजको च्यालेन्ज यस्तो आएको छ ।
यस्तो बेलामा पनि हामीले पुरानो विपी कोईरालाले यसको बारेमा केही केही बोलिदिनुभएको थियो कि, भनिदिनु भएको थियो कि भनेर त्यहाँ खोज्न जानु भनेको त विपीमाथि अन्याय गर्नु हो नि त । के त्यो भन्नुभएको रहेनछ भन्नु भनेको त अन्याय गर्नु हो नि ।
हाम्रो भागमा पढिदिनुपर्ने पनि उहाँले । हाम्रो भागको समस्याको समाधान पनि उहाँले गर्नुपर्ने कि हामीले गर्नुपर्ने । यो अहिलेको चुनौति हो । यसको समाधान हामीहरुले नै खोज्नु पर्दछ ।’
महामन्त्री थापाले विपी कोईराला काँग्रेसका लागि मुल विचारधाराको स्रोत भएपनि आजको चुनौति हामी आफैँले समाधान गरेर अघि बढनुपर्ने बताउनु भयो । उहाँले पार्टी भित्र विचार निर्माणको सवालमा खुलेर बहस गर्नुपर्ने बेला आएको पनि बताउनु भयो । त्यसका लागि आफूले केही वैचारिक छलफल चलाउन खोजेको तर त्यसमा पार्टी भित्रैबाट साथ नपाएको महामन्त्री थापाको गुनासो थियो । उहाँले वैदेशिक रोजगारीमा जान दिने अनि त्यसो गर्नु गलत छ भनेर मुलुकलाई अघि बढाउन नसकिने बताउनु भयो ।