मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

author

समाचारपाटी

९ महिना अगाडि

सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ । बुधवार मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले अब उप्रान्त मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको बताउनु भयो । उहाँले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन (करिव १४ अर्ब ३१ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको बताउनु भयो ।

उहाँले मन्त्रीपरिद्का बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो । उहाँले सरकारले यती एयरको विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप्नेलगायत निर्णय गरेको पनि बताउनु भयो । उहाँले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको बताउनु भयो । त्यस्तै सरकारले कोशी पम्पचन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।

मन्त्री शर्माका अनुसार अमेरिकाको न्युयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वल्र्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन खानेपानीमन्त्री अब्दुल खानलाई स्वीकृत दिएको छ । मन्त्री शर्माले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने भएको बताउनु भयो । उहाँले नेपाली सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको बताउनु भयो । उहाँले तल्लो लिखु जलविद्युत आयोजनाको १३२ के.भि प्रशारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिएको बताउनु भयो । त्यस्तै सरकारले रामपुर स्वास्थ्य चौकी उदयपुरलाई १० शैय्याको आधारभुत अस्पतालमा स्तरोन्नती गर्नको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिएको छ । यति एयरलाइन्सको एटिआर ७२,९ एन एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय पनि गरेको छ । त्यस्तै,कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु एंव अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत दिने निर्णय गरेको मन्त्री शर्माले बताउनु भयो । मन्त्री शर्माले सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई तोक्ने निर्णय गरेको बताउनु भयो।

उहाँले २०७९ चैत ८ देखि १० गतेसम्म न्युयोर्कमा आयोजना हुने उच्च स्तरीय विश्व पानी सम्मेलन,२०२३को भ्रमणमा सहभागी हुन सचिव गोपालप्रसाद सिग्देललाई स्वीकृति गर्ने निर्णय गरको बताउनु भयो । उहाँले सरकारले कृषकले उत्पादन गरेको कच्चा दुधको उत्पादन स्थल वा संकलन केन्द्रस्तरमा प्रति युनिट फ्याट ७.१५ प्रति युनिट एस.एन.एफ ४.५५ को दरले प्रति लिटरको न्युनतम खरिद मूल्य ६५ रुपैयाँ निर्धारण गरेको बताउनु भयो । उहाँले नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक बिस्तारको लागि सडक सीमाभित्रका १२१ वटा घरटहराहरु भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिई घरटहराहरु हटाउन स्वीकृत दिएको पनि बताउनु भयो । उहाँले नारायघाट–मेग्लिङ सडकमा पुल निर्माण गर्न सडकको रेखाङ्कन भित्र परेका २६ वटा घर टहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षेतिपूर्ति दिई संरचना हटाउन स्वीकृति दिएको उल्लेख गर्नुभयो । त्यस्तै सरकारले नेपाल सरकार र श्रीलंका सरकारबीच विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदान प्रदान गर्न सम्बन्धी सम्झौतामा हस्ताक्षर शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ । त्यस्तै, फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लन्डनमा आयोजना हुने हेल्दी सिटी समिट विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत दिएको छ । 

उहाँले भन्नुभयो,‘ वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई तोक्ने
२०७९ चैत ८ देखि १० गतेसम्म न्युयोर्कमा आयोजना हुने उच्च स्तरीय पानी सम्मेलन,२०२३ को भ्रमणमा सहभागी हुन सचिव गोपालप्रसाद सिग्देललाई स्वीकृति गर्ने ।

कृषकले उत्पादन गरेको कच्चा दुधको उत्पादन स्थल वा संकलन केन्द्रस्तरमा प्रतियुनिट फ्याट ७.१५ प्रतियुनिट एस.एन.एफ ४.५५ को दरले प्रति लिटरको न्युनतम खरिद मूल्य ६५ रुपैयाँ निर्धारण।
नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक विस्तारको लागि सडक सीमाभित्रका १२१ वटा घरटहराहरु भोगचलन गर्ने व्यक्तिहरुलाई क्षतिपूर्ति दिई घरटहराहरु हटाउन स्वीकृत प्रदान गर्ने।
नारायघाट–मुग्लिङ सडकमा पुल निर्माण गर्न सडकको रेखाङ्कन भित्र परेका २६ वटा घर टहरा भोगचलन गर्ने व्यक्तिहरुलाई क्षेतिपूर्ति दिई संरचना हटाउन स्वीकृति प्रदान गर्ने ।
नेपाल सरकार र श्रीलंका सरकारबीच विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदान प्रदान गर्न सम्बन्धी सम्झौतामा हस्ताक्षर शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने ।
मिति २०७९ फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने हेल्दी सिटी समिट विषयक कार्यक्रममा सहभागी हुन काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साहको भ्रमण स्वीकृत गर्ने ।
नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने पाउण्ड स्टर्लिङ ९० मिलियन(करिव १४ अर्ब ३१ करोड) अनुदान सहायता स्वीकार गर्ने ।
बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत दिने।
निर्वाचन आयोज,नेपालका सचिव गोकर्णमणि दुवाडीको भारत भ्रमण स्वीकृत गर्ने।
भरतपुर महानगरपालिकाका नगर प्रमुख रेणु दाहालको जापान भ्रमण स्वीकृत गर्ने ।
पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलव सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने ।
नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीहरुले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने ।
कोशी पम्पचन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने।
अमेरिकाको न्युयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वल्र्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन खानेपानीमन्त्री अब्दुल खानलाई स्वीकृत दिने।
नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने।
नेपाली सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने।
तल्लो लिखु जलविद्युत आयोजनाको १३२ के.भि प्रशारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने।
रामपुर स्वास्थ चौकी उदयपुरलाई १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्ती गर्नको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।
यति एयरलाइन्सको एटिआर ७२,९ एन एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय,वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु एंव अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।’

उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिएको पनि बताउनु भयो । उहाँले निर्वाचन आयोज,नेपालका सचिव गोकर्णमणि दुवाडीको भारत भ्रमण स्वीकृत दिएको बताउनु भयो । उहाँले भरतपुर महानगरपालिकाका नगर प्रमुख रेनु दाहालको जापान भ्रमण स्वीकृत दिने निर्णय गरेको बताउनु भयो । मन्त्रीपरिषद्का यी निर्णयहरु फागुन १९, फागुन २५ र फगुन ३० गते बसेको बैठकका निर्णयहरु हुन् ।  

newsagencynepal


काठमाडौं

मङ्लबार, मंसिर १९, २०८०

२२.१५°

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान