‘बैंक र लघुवित्तहरु यही तरिकाले छाडा छोड्यो भने हाम्रो घर, जग्गा, जमिन लिलाम हुँदैछन्, हामी सुकुम्वासी हुँदैछौँ’ :-दुर्गा प्रसाईं

author

समाचारपाटी

९ महिना अगाडि

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताउनुभएको छ । 
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताउनु भयो । यद्यपी संयोजक थापा पक्राउबाट छुटीसकेका छन् । उहाँले अन्य राजनीतिक दलका युवा संगठनहरु भएजस्तै आफूहरुको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको भएपनि दस्ताले हालसम्म कसैलाई कालोमसो नदलेको भएपनि सरकारले पक्राउ गरेर व्यक्तिको संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताउनु भयो । उहाँले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजका बिरुद्ध आफूहरुले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तका विरुद्धमा गाउँ गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘बैंक, वित्तिय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजबिरुद्ध जुन झुन्डिएर मर्नुपर्ने, विष खाएर आत्महत्या गर्नुपर्ने, शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्नुपर्ने स्थितिको अन्त्य गर्नको लागि हामीले गरिब, सर्वहारा वर्ग, भुइँमान्छेको लागि यो आवाज उठाएको हो हामीले । हिजो यही सर्वहारा वर्ग र भुँइमान्छेको नाम गरेर नेताहरु ठाउँमा पुँगे । नेताहरुले पैसा कमाएर लगेर विदेशका बैंकहरुमा राखे । ५५ जना व्यापारी र १० जना नेताहरुले यो देशमा भाँडभैलो मच्चाएर आज हामी तीन करोड नेपालीहरुमा एक करोड बाहिर बस्नुपर्ने, दुई करोड नेपालीहरु प्रेसर, सुगर, डिप्रेशनको शिकार भएर कतिदिने बाँच्ने भनेर काल पर्खेर बसेको स्थिति । त्यो सबै कुराहरुलाई मध्यनजर गर्दै हामीले अभियान चलाएको । शम्भु थापाको नेतृत्वमा चितवनमा कालोमसो दस्ता भनेर शुरु भएको थियो । तर उहाँहरुले कालोमसो दल्नु भएको थिएन । एउटा दस्ता मात्रै बनाउनुभएको थियो । जस्तो नेकपा(एमाले)को युवा संघ, माओवादी केन्द्रको वाईसिएल र नेपाली काँग्रेसको तरुण दल जस्तै हाम्रो अभियानको कालोमसो दस्ता बनाएको थियो । त्यो बनाएकै भरमा केही नगरीकन उहाँलाई पक्रेर लगेर थुनियो । कति अराजक रहेछ मुलुक । संविधान प्रदत्त अधिकारमाथि हनन् गर्यो राज्यले । उहाँले सर्वहारा वर्ग र भुइँमान्छेको कुरा गरिराख्दाखेरी प्रचण्ड सरकारले पक्रेको । मलाई पनि खेदिराखेको छ । तर म भाग्नेवाला छैन । अब स्वतः स्फुर्तः रुपमा देश, गाउँ, हरेक ठाउँबाट यि सामन्तहरुलाई ठेगान लगाउने काम गर्नुपर्छ र यि बैंक र लघुवित्तहरु यही तरिकाले छाडा छोड्यो भनेदेखि हाम्रो घर, जग्गा, जमिन लिलाम हुँदैछन् । हामी सुकुम्वासी हुँदैछौँ ।’ 

उहाँले आफूहरु सर्वहारा वर्गको बिरुद्धमा आन्दोलनमा उत्रिएको स्पष्ट पार्नुभयो । उहाँले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गर्नुभयो । तिर्न नसक्नेहरुका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताउनु भयो । उहाँले लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने पनि बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘मान्छेहरुको कुरो के आइरहेको छ भने दुर्गा प्रसाईंले २० लाखदेखि मुनिको ऋण मिनाहा गर्छु भनेको छ भनेर चितवनमा पनि हाम्रो आन्दोलनबिरुद्धमा लघुवित्तका सिइओहरु घुमेको देखेँ । त्यसमा म के भन्छु भने जो मान्छेले तिर्नसक्छ, तिर्नुस् । तिर्नु पर्दैन भनेको होइन । शक्ति हुने मान्छे, पैसा हुने मान्छेले तिर्दा हुन्छ । यो आन्दोलन भनेको सर्वहारा वर्गको लागि हो । जसले तिर्न सक्दैन त्यसको लागि पो मिनाहा गरिदिउँ भनेको त । त्यो मिनाहा पनि मैले के भनेको भने वचतकर्ताहरुको जो व्यक्तिहरुले निक्षेप राखेको छ, त्यो पैसाबाट होइन, लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिएर राज्यले व्यहोर्नुप¥यो पो भनेको त । मान्छेहरुले गलत बुझेका छन् । जो मान्छेले तिर्नसक्छन् तिरुन् । ४० प्रतिशत नै तिर्छन् । हुनेले तिर्दा भयो । यो त नहुनेसँगको कुरा हो । हामीले नहुने मान्छेका लागि कुरो उठाएको हो । उहाँहरुले बुझ्दा हुन्छ ।’

प्रसाईंले बैंक तथा लघुवित्त बिरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताउनु भयो । उहाँले निरन्तर रुपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरु गरिने जानकारी दिनुभयो ।


काठमाडौं

शनिबार, मंसिर १६, २०८०

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन