काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथग्रहण गर्दै हुनुहुन्छ ।
आज दिउँसो १ बजे उहाँले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथ लिने र कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथग्रहण गराउने व्यवस्था रहेपनि अहिले का मु प्रधानन्यायाधीश रहेकाले का मु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उहाँलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुहुनेछ ।
पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।