धनगढी । धनगढीस्थित शिवपुरी सामुदायिक वनमा आगलागी भएको छ।
आइतबार राति करिव सवा ८ बजेतिर धनगढी उपमहानगरपालिका ३ शिवपुरीधाम बोराडाडीको शिवपुरी सामुदायिक वनमा आगलागी भएको हो।
आगो केहीबेरमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदिप चन्दले बताउनुभयो।