‘उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खोजेको छ’

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलिय गठबन्धनले जालझेल गर्न खोजेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलिय गठबन्धनले जालझेल गर्न खोजेको बताउनुभएको हो । राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको उहाँले बताउनु भयो । संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट गर्नुपर्ने प्रमुख÷उपप्रमुख । यो गरेका छौँ । सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्ने । अब राष्ट्रपतिमा समस्या आइराखेको छ । राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा दश दलिय गठबन्धन जुन छ, त्यो त महिला बिरोधी छ । स्थानीय तह निर्वाचनमा पनि उनीहरुले कानून छले ।

त्यो कानून छलेको कुरो कमसेकम राजनीति र राजनीतिक अनुहार फैसलामा नहेर्ने हाम्रा न्यायिक निकायहरु वा निर्वाचन आयोग भएको भए त्यो कुरा सदर हुन सक्दैनथ्यो । तर त्यस्तो भइदिएन । संविधानले एउटा, एउटा हुनैपर्ने भनेपछि नभएर हुन्छ रु गर्नैपर्छ नि । अब आजसम्म पनि दश दलिय गठबन्धन जालझेल गर्न खोजिराखेको छ । अर्को समुदाय भनेर । यसको मर्म अर्को समुदायसँग होइन खासमा । पुरुष हुन्छ भने महिला । महिला हुन्छ भने महिला हुनसक्थ्यो तर त्यो कुरा स्पष्ट भएन संविधानमा । महिला राष्ट्रपति भयो भने उपराष्ट्रपति महिला हुन नसक्ने भन्ने कुरा होइन । तर अहिलेको अवस्थामा त्यो सम्भव होइन कि जस्तो संवैधानिक व्यवस्था देखिन्छ ।’

अध्यक्ष ओलीले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलिय गठबन्धन बनाएका टिप्पणी गर्नुभयो । यद्यपी गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको उहाँको भनाई छ ।


उहाँले भन्नुभयो – ‘उनीहरु किन एकजुट हुन्छन् भन्दा तिनीहरु एकैतिर बसेर पनि एकैतिर फर्केर पनि बसेका छैनन् । चारैतिर, दशतिर फर्केर बसेका छन् । यताबाट एमालेले हान्छ कि, यता बाट हान्छ कि रु त्रास छ क्या तिनीहरुलाई । कताबाट भ्याउँछ । हामीले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छौँ । एउटा अष्टलक्ष्मी शाक्यसँग लड्न अब ९ पार्टीकोले पुगेन, आज फेरि अर्को थपियो । १० पार्टी बनाए, अष्टलक्ष्मी आउनुभयो, मा¥यो । गाह्रो छ ।

आउ भाइ हो सबै मिलेर लडौँ भनेर । त्यहाँ जालझेल, प्रपञ्च अनेक प्रकारका छन् । अन्तिममा हामी एकातिर अरु एकातिर भएरै लडाइँ हुने हो । किनभने एक्लै लड्ने कुनै आँट गर्दैनन् । हामी एक समयको एउटा राष्ट्रपति, एक समयको एउटा प्रधानमन्त्री आवधिक कुरामा मात्रै हेरिराखेका छैनौँ ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थको नांगो दलाली गरेको बताउनु भयो । दाहाल र नेपालले कम्युनिष्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको उहाँले बताउनु भयो ।


उहाँले भन्नुभयो – ‘माधव नेपालले भर्खरै भाषण गरे । प्रचण्डजीले राष्ट्रपति मलाई हुनु भनेर प्रश्ताव गर्नुभएको थियो, मैले मानिनँ काँग्रेसलाई नै बनाउनुपर्छ भनेर मैले प्रश्ताव गरे भनेर उहाँले आफैँले भन्नुभएको छ । वामपन्थीले राष्ट्रपति जित्नु हुँदैन भनेर प्रचण्ड डाको छोडेर ठाउँ–ठाउँमा रोएको त तपाईहरुले देख्नै भएको छ । डाको छोडेर रोएका छन् उनी ।

वामपन्थी राष्ट्रपति हुनै दिनु हुँदैन । देश खत्तम हुन्छ । माधव नेपालले भनेको सुन्नुभयो होला, एमालेको राष्ट्रपति भयो भने त देश ध्वस्त हुन्छ । यो नांगो दक्षिणपन्थी र दक्षिणपन्थताको दलाली हो । भइरहेको वामपन्थी शक्ति आफ्नो पार्टी फुटाएर, ध्वस्त बनाएर, घरमा आगो लगाएर अनि त्यो खरानी पनि लगेर बिरोधी, विपक्षीका पाउमा मैले घर डढाएर यति खरानी हजुरको पाउँमा चढाउन ल्याएको छु भनेर पाउमा चढाउन जाने जस्तो घिनलाग्दो कुरो अरु के हुन्छ रु त्यही गरे ।’

उहाँले देशमा जातिय आधारमा नभई वर्गिय आधारमा आरक्षण दिइनुपर्ने बताउनु भयो । जातिय रुपमा आरक्षण दिदाँ त्यसको दुरुपयोग भएको भन्दै उहाँले व्यक्तिको आर्थिक अवस्था हेरेर आरक्षण दिइनुपर्ने बताउनु भयो ।


काठमाडौं

सोमवार, मंसिर १८, २०८०

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान