नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘२०४६ साल पछाडी फर्किन खोजेको हो रु’ भन्दै प्रश्न गर्नुभएको छ ।
शुक्रवारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गर्नुभएको हो । उहाँले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले अहिले लङ टर्म इन्भेष्टमेण्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताउनु भयो । उहाँले आवाजबिहीनहरुको र साना लगानीकर्ताहरुको लागि २ करोड भन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी लङ टर्म इन्भेष्टमेण्ट गरिरहेका छौँ । जग्गामा लगानी गरेका छौँ, होटल बनाएका छौँ । तर रेट फलाे टिन इन्जोय गर्छौं भने पक्कै हामीलाई समस्या पर्छ । यो विषयमा हामीले ओरियन्टेशन गराउन नसकेको लिट्रेसी दिन नसकेको हुनसक्छ । यसमा हामी अहिले एग्रेसिप रुपमा त्यसमा लागिरहेका छौँ । २०४६ सालदेखि नेपाल राष्ट्र बैंकले इन्ट्रेसको सन्दर्भमा डिरेगुलाइज गरेको हो । हामीले मार्केटलाई छोडेको हो । अब यो विषयमा पनि बहस होस् । के मार्केटले यही चाहेको हो त रु के निजी क्षेत्रले यही चाहेको हो रु हामी ०४६ साल भन्दा अघि जान खोजिएको हो रु यसमा पनि छलफल होस् । हामीले भ्वाइस लेसहरुको लागि स्मल होल्डरको लागि २ करोड भन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेका छौँ ।’
गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताउनु भयो । उहाँले नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गर्नुभयो । उहाँले पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर वचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको स्पष्ट पार्नुभयो । उहाँले अर्थतन्त्रका वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको बताउनु भयो । गभर्नर अधिकारीले नेपाल अहिले करिव १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै करिव १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यही बेला पोहोर साल मलाई सोध्नुहुन्थ्यो भने मैले यो तथ्यांक अर्कै बताउनु पर्दथ्यो, हामी अर्कै ठाउँमा थियौँ । तर हामी अहिले सहज अवस्थामा छौँ । हामी पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर वचत छ । जुन डेटा गत सालको पुस मसान्तमा हेर्नुभयो भने २४१ अर्बको घाटामा थियौँ । माघको तथ्यांक केही दिनभित्रै आउँदैछ । मलाई लाग्छ अहिलेसम्मको इन्डिकेटिभ तथ्यांकअनुसार यो थप सुधार भएर आउनेछ । यसको फलस्वरुप हाम्रो वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएका छन् । हामी अहिले करिव १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा छौँ । करिव १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौँ । यसले हामीलाई के बुझाउँछ भने हामी सुधारको अवस्थामा छौँ । सबै कुरालाई नकारात्मक रुपले नलिऔँ । हामी सहज स्थितिमा छौँ ।’
गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबैकुरामा नकारत्मक रुपले नहेर्न आग्रह गर्नुभयो ।