पोखरा । क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ । तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरदचन्द्र वस्ती र विमल आचार्य रहनुभएकाे छ ।
तालिमको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभयाे । उहाँले भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएकाे छ । तालिमले भाषाको कलात्मकताको विषयमा सुधार ल्याउन मदत पुग्ने विश्वास लिनुभएकाे छ । ‘संचार जगतमा काम गर्ने संचारकर्मीले भाषाका विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । भाषाका विषयमा समयसापेक्ष हुन सकेनौं भने स्वभाविक रुपमा आक्रमण हुँदै जान्छ ।’, उहाँले भन्नुभयाे ।

भाषाको विषयलाई व्यापक बनाउन सबै सचेत हुनुपर्ने आवश्यकता रहेको भनाई मुख्यमन्त्रीको छ । कलम चलाउँदा दुर्घटना नहुने गरी भाषाको प्रयोग गर्न पत्रकारलाई उहाँले आग्रह गर्नुभएकाे छ । भाषा सम्पादनको तालिमले नयाँ उर्जा मिल्ने उहाँले बताउनुभयाे ।
भाषाका विषयमा समयसापेक्ष हुन सकेनौं भने स्वभाविक रुपमा आक्रमण हुँदै जान्छ ।’, उहाँले भन्नुभयाे । भाषाको विषयलाई व्यापक बनाउन सबै सचेत हुनुपर्ने आवश्यकता रहेको भनाई मुख्यमन्त्रीको छ । कलम चलाउँदा दुर्घटना नहुने गरी भाषाको प्रयोग गर्न पत्रकारलाई उहँले आग्रह गर्नुभएकाे छ । भाषा सम्पादनको तालिमले नयाँ उर्जा मिल्ने उहाँले बताउनुभयाे ।
सहजकर्ता शरदचन्द्र वस्तीले मुल संचार माध्यम भनेकै भाषा भएको उल्लेख गर्नुभयाे । उहाँले सबैखालको विषयगत रिर्पोटिङका लागि भाषा महत्वपूर्ण भएको बताउनुभयाे । समाचारमा भाषाको प्रयोग गर्दा अनर्थ नलाग्ने शब्दको प्रयोग गर्नुपर्ने
आवश्यकतालाई औंल्याउनुभएकाे छ ।

प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले संचारमाध्यममा आएका समाचारमा भाषाशैली स्तरिय नहुँदा समस्या आएको बताउनुभयाे । भाषाको स्तर गिर्दो हुँदा समाजमा विकृति फैलिएको अभिव्यक्ति उहाँको छ । उहाँले समय समयमा भाषाका
विषयमा तालिम गर्दै जानुपर्ने सुझाव दिनुभएकाे छ ।
पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोबिन्द सुवेदीले भाषा शुद्धिकरणमा तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएकाे छ । उहाँले समाचार लेखनमा भाषाको अज्ञानता हुँदा वेअर्थ लाग्ने गरेको भनाई उहाँको छ । पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखरा महानगरपालिकाको सहयोगमा आयोजना गरिएको भाषा सम्पादन तालिम फलदायी हुने विश्वास लिनुभएकाे छ । उहाँले भाषा माथि नै प्रश्न चिन्ह खडा हुँदा भाषा सम्पादनको तालिम आवश्यक ठानेर आयोजना गरिएको जानकारी गराउनुभयाे । गण्डकी सरकार प्रेसमैत्री तवरले अगाडि बढेमा संचारमाध्यममा भाषाका विषयमा आएका समस्यालाई समाधान गर्ने गरी लाग्न सकिने धारणा उहाँको छ । प्रेस सुधारमा सरकारको दायित्वको पनि अपनत्व हुने गरी लाग्न उहाँले आग्रह गर्नुभएकाे छ ।
तालिमका संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले नेपाली भाषामा पटकपटक आक्रमण हुँदा समस्या खेप्नुपरेको बताउनुभयाे । जसलाई समाधान गर्न यस्ता तालिमको आवश्यक पर्ने भनाई उहाँको छ । पोखरामा क्रियाशील
पत्रकारिता गर्दै आउनुभएकाे पत्रकारहरुले तालिम बाट लाभ लिनेमा उहाँ विश्वस्त देखिनुहुन्छ। तालिममा ५५ जनाको सहभागिता छ ।