बागलुङ । धवलागिरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को चुनाव नजिकिँदै गर्दा निर्वाचनको वातावरण बिथोलिएको र फर्जी परिचयपत्र भेटिएको भन्दै विद्यार्थी संगठनहरूले बिहीबार साँझ क्याम्पसमा तालाबन्दी गरेका हुन्।
अनेरास्ववियू धौलागिरी बहुमुखी क्याम्पसका इकाई अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका धवलागिरि बुहुमुखी क्याम्पसका इकाइ अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका धवलागिरी बुहुमुखी क्याम्पसको इकाइ अध्यक्ष खिमानन्द कँडेल विकास, अखिल क्रान्तिकारी बहुमतका धवलागिरि बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष दिवश खड्का, अखिल क्रान्तिकारीका धवलागिरि बहुमुखी क्याम्पस इकाइ अध्यक्ष सुदन विक विप्लव र अखिल संयुक्त प्यानलका प्रविण सापकोटाले विद्यार्थीको फर्जी परिचयपत्र भेटिएको र निर्वाचनको बेला कतिपय प्राध्यापक र कर्मचारीहरूले निर्वाचनलाई प्रभाव पार्ने गरी अवांछित गतिविधिहरूमा संलग्न भएको वक्तव्य निकालेर तालाबन्दी गरेका छन्।
विद्यार्थी संगठनहरूले स्ववियू निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीहरूका विषयमा छानबिन गर्न एक वक्तव्यमार्फत माग गरेका छन्। स्ववियूको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्नका लागि क्याम्पस प्रशासनले फर्जी परिचयपत्रको छानबिन गरी असम्बन्धित विद्यार्थीहरूलाई मतदाता सूचीबाट हटाउनुपर्ने र क्याम्पस प्रशासनले निर्वाचन प्रयोजन लागि सहायक क्याम्पस प्रमुखको एकल हस्ताक्षर भएको अस्थायी परिचयपत्र जारी गर्नुपर्ने विद्यार्थी नेताहरूले बताए।
विद्यार्थी संगठनहरूले राखेका मागका विषयमा भोलि बैठक बसी समाधान खोजिने, निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने कार्यक्रम रहेको र यसको लागि सबैको सहयोग आवश्यक भएको क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले बताउनुभयाे।
तालाबन्दीधवलागिरी बहुमुखी क्याम्पसस्वतन्त्र विद्यार्थी युनियन