काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भूभागका एक २ स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक २ स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन रचट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।