काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनी ९पिएनजी०सँग प्रतिस्पर्धा गर्दैछ।
त्रिभुवन विश्वबिद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवा न्युगिन्हीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि फागुन १९ मा भएको खेलमा पिएनजीलाई नेपालले हराएको थियो।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ। नेपालले अब दुई खेल जिते ३६ अंक हुनेछ। दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ।