काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ ।
राष्ट्रपति चुनावको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले बधाई दिनुभएको हो । उहाँले भन्नुभएको छ, राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।
आज बिहीवार भएको चुनावमा पूर्वसभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।