काठमाडौं । बलात्कार आरोपमा दाङको शान्तिनगर गाउँपालिकाबाट प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।
शान्तिनगर गाउँपालिका–७ बस्ने किशोरले ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ ।
मंगलबार दिउँसो किशोरले ती बालिकालाई फकाएर माध्यामिक विद्यालय धनौरी नजिकै लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
इलाका प्रहरी कार्यालय खिलतपुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।