काठमाडौं । मेक्सिकोमा अपहरणमा परेका ४ जना अमेरिकी नागरिकमध्ये २ जनाको हत्या भएको छ ।
अमेरिका र मेक्सिकोका अधिकारीका अनुसार २ जनाको भने सकुशल उद्धार गरिएको छ ।
गएको मार्च ३ तारिखमा बन्दुकधारी समूहले चार जना अमेरिकी नागरिकको अपहरण गरेका थिए ।
टेक्सासको सीमा पारी मेक्सिकोको उत्तर पूर्वी राज्य तमाउलिपासको माटामोरोस शहरबाट उनीहरु अपहरणमा परेका थिए ।
उनीहरुका आफन्तका अनुसार उनीहरु कस्मेटिक सर्जरीका लागि त्यहाँ गएका थिए । उद्धार गरिएका २ जनाको अमेरिकीको अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २४ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । घटनाप्रति अमेरिका र मेक्सिको सरकारले दुख व्यक्त गरेका छन् ।