पोखरा । नयाँ गाउँस्थित आफ्नै बैठक हलमा हिमालयन लाइफ नेपालको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि वडा नं.१५ का वडाध्यक्ष तोरणबहादुर बानिया रहेकाे कार्यक्रममा विशेष अतिथिहरुमा पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी विष्णुमाया पौडेल र राष्ट्रिय बालअधिकार परिषद्, गण्डकी प्रदेश समन्वय अधिकारी बद्रीप्रसाद वाग्ले रहनुभएकाे थियाे ।

प्रमुख अतिथि बानियाले आफ्नै क्षेत्रमा रहेको संस्था हिमालयन लाइफ नेपाललाई इमानदारी र पारदर्शितामा नमुना रहेको संस्था भन्दै खुसी प्रकट गर्नुभयाे । कार्यक्रममा विशेष अतिथिद्वय पौडेल र वाग्लले बालगृहहरुले सरकारका नीतिनियमहरुको पालना गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै संस्थालाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयाे । कार्यक्रममा एनजीओ फेडरेशनबाट डा. बुद्धिबहादुर थापा, हिमालयन लाइफ नेपालका सल्लाहकार नवराज भारती, शुभतारा थ्री ए्न्जेल्स स्कुल, पोखराका प्रिन्सिपल रमेश पाण्डे, सहोदर अस्पताल लमजङुका सञ्चालक डा. शिव श्रीमल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण निकिता कोइरालाले गर्नुभएकाे थियाे । संस्थाका उपनिर्देशक पुष्पराज गिरीले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे। हिमालयन लाइफ नेपालका अध्यक्ष मुक्तिनाथ ढकालले कार्यक्रममा उठेका विभिन्न प्रश्नहरुको जवाफ दिँदै बालबालिकाको क्षेत्रमा अझबढी प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
हिमालयन लाइफ नेपालका निर्देशक चनमन श्रीमलले यस संस्थाद्वारा गरिने विभिन्न कार्यक्रमहरुले बालबालिकाहरुलाई सिर्जनात्मक तथा मनोरञ्जनात्मक क्रियाकलापको साथमा नयाँ नयाँ विचार कला र सीपलाई वृद्ध र विकास गर्ने वातावरण सिर्जनागर्दै आएको जानकारी दिनुभयाे । हिमालयन लाइफ नेपाललाई सक्रियतापूर्वक अगाडि बढाउन स्विस नागरिक दानियल बुर्गीले सहायता गर्दै आउनुभएकाे छ ।