काठमाडौं । हप्ताको पहिलो दिन सेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार ३०.७७ अङ्कले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको छ ।
आज सबै समूहको सेयर ओरालो लागेको छ । दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको सेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।