‘बाबुरामजीले, विप्लवजीले हासिल गरेका अनुभवहरु, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ’

author

समाचारपाटी

९ महिना अगाडि

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गर्नुभएको छ ।

आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकताबद्ध हुन आग्रह गर्नुभएको हो ।

उहाँले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित हुने समय आएको बताउनु भयो । उहाँले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरु समेटेको भन्दै एकअर्काको अनुभवहरुलाई आफ्नै अनुभवको रुपमा लिएर एकतावद्ध हुनुपर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले आफुले एकताका लागि सबै सँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘समय आएको छ । फेरि हामी माओवादीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपील गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रुपमा अगाडी आयो । शान्ति प्रक्रियापछि यो विभिन्न भंगालाहरुतिर विभाजित जस्तो भयो । अब समय फेरि बग्दै जाँदा ति सबै भंगालाहरु एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो ।

हामी सबैले सबैका अनुभवलाई, मैले भन्ने गरेको छु अहिले यहाँ बाबुरामजीले हासिल गरेका अनुभवहरु, विप्लवजीले हासिल गरेका अनुभवहरु, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । किरणजीले हासिल गरेका अनुभवहरु यी सबैलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीतामीठा, राम्रा, नराम्रा ति सबै हाम्रै हुन् भनेर हामीले आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ । यति शक्तिशालि हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्नसक्ने छैन ।

मैले विप्लवजीसँग कुरा गर्दा बडो गम्भिरताका साथ भनेको छु हामी तपाईले हासिल गरेका सफलता, या तपाईले अनुभव गरेका तीता, मीठा ति सबै मेरा पनि हुन् । मैले जे अनुभव गरिराखेको छु यो ठाउँमा बसेर त्यहाँ भएका तीता, मीठा राम्रा नराम्रा तपाईका पनि हुन् । बाबुरामजी र म त कुरा गर्दै धेरै अगाडी बढीपनि राखेका छौँ ।

धर्मेन्द्रजीसँग पनि कुरा भइराखेको छ । हाम्रा सबैका साझा अनुभव, यसलाई तैँले र मैले भन्ने ढंगले नहेरीकन हामी आन्दोलनको प्रवाहको क्रममा, विकासको क्रममा विभिन्न भंगालामा गएपनि अब फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भनेर महशुस गयौँ भने सबै अनुभवलाई आफ्नो अनुभवको रुपमा, सबै सहिदलाई जनताका शहीदको रुपमा सम्मान गर्ने उदात्त विचार र भावनाबाट अगाडी बढ्यौँ भने हाम्रो एकतालाई कसैले नि रोक्न सक्दैन भन्ने मेरो बुझाइ छ ।’

उहाँले भन्नुभयो – ‘मैले जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न खाले दबाब र घेराबन्दीको बिरुद्ध म लडिराखेको छु भन्ने छ मलाई । र मैले के ठान्छु भने विप्लव, बाबुराम, धर्मेन्द्र, किरणजीहरु पनि लडिराख्नु भएकै देख्छु आजभोली ।

पहिलेजस्तो छैन घटनाक्रमहरु । सबै आ–आफ्नै ढंगले हामी लडिराखेकै छौँ । हामी सबै लडाईं लडिराखेका शक्तिहरु एक ठाउँमा केन्द्रित भएर लड्यो भने यो अमर हुनसक्छ । अनि मात्र हामीले शहीद, बेपत्ता योद्धाका सपनाहरुप्रति इमान्दार भएको ठहरिन्छ ।’

उहाँले आफू तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने लगायतका निर्णयहरु गराउन सफल भएको बताउनु भयो ।


काठमाडौं

शनिबार, मंसिर १६, २०८०

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन