इञ्जा फोटो पत्रकारिता पुरस्कारबाट पोखराका सुरज श्रेष्ठ पुरस्कृत

author

समाचारपाटी

९ महिना अगाडि


पोखरा । पोखराका फोटोपत्रकार सुरेश कुमार श्रेष्ठ (सुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकाे छ । अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इञ्जा” द्वारा काठमाडौंमा आयोजित इञ्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठलाई पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मान पत्र, ५० हजार राशि सहित उहाँलाई पुरस्कृत गर्नुभएकाे हाे ।

पोखरालाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आउनुभएका श्रेष्ठलाई फोटोपत्रकारिता मार्फत समाजमा खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै पुरस्कृत गरिएको हो । पुरस्कार ग्रहण गर्दै श्रेष्ठले पत्रकारिता क्षेत्रमा लागिरहन आफुलाई प्रेरित गरेको अभिव्यक्ति दिनुभयाे । उहाँले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउनु आफ्ना लागि पनि राम्रो अवसर भएको उल्लेख गरे । ‘पुरस्कारले मलाई फोटो पत्रकारिता क्षेत्रमा लागिरहन प्रेरित गरेको छ । काम गर्दै जाँदा सफलता मिल्ने रहेछ भन्ने विश्वास बढ्दै गएको छ । इञ्जा फोटो पत्रकारिता पुरस्कारका लागि मलाई छनोट गर्नुहुने जुरी टीमलाई धन्यवाद व्यक्त गर्दछु ।’, उहाँले भन्नुभयाे ।

अन्तर्राष्ट्रिय स्तरको फोटो पत्रकारिता पुरस्कारका लागि पहिलो पटक नै पोखरालाई रोज्नु आफ्नो र समग्र पोखराका लागि नै राम्रो अवसर भएको उहाँको भनाई थियो । उहाँले पोखरा र आसपासका क्षेत्रलाई फोटोपत्रकारिता मार्फत प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन सँगै सामाजिक रुपान्तरणमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिनुभएकाे छ । व्यवस्था परिवर्तन भएसँगै पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको भनाई उहाँको छ । संसद र सरकारलाई प्रभावकारी तुल्याउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण भएको उहाँले बताउनुभयाे ।

कार्यक्रममा इञ्जा बौद्धिक पत्रकारिता पुरस्कार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक जगत नेपाल र दैनिकी डटकम अनलाइनका सम्पादक माधव तिवारी तथा इञ्जा खोजी पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मात्रिका दाहाल र आइएनएस डटकम अनलाइनका तारा वाग्लेलाई प्रदान गरिएको थियो ।

इञ्जा ग्रामीण पत्रिकारिता पुरस्कार रेडियो समग्र एफएम १०७ मेघाहर्ज लाहान र युवा पत्रकार सरिता चलाउनेलाई तथा इञ्जा फोटो पत्रकारिताबाट सुरज सँगै नरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ सहित सम्मानपत्र रहेको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनाली, सम्पादक समाजका संरक्षक किरण वैद्य,वरिष्ठ पत्रकार कुमार यात्रु र जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई इञ्जा अग्रज पत्रकारिता सम्मान अर्पण गरिएको थियो । यसैगरी समाजसेवामा योगदान पुर्याए बापत शङकर भट्टराई, महिला हक अधिकारका क्षेत्रमा क्रियाशिल विजया शाह र युवा व्यवसायी प्रदीप गुरुङलाई
समेत विशेष सम्मान प्रदान गरिएको थियो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले इञ्जाले पत्रकारिताका सबै महत्वपूर्ण विधालाई समेट्दै पत्रकारिताको हित र कल्याणका लागि गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयाे । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले भोगेका समस्या सम्बोधन गर्ने विषयमा सरकार र सदनको ध्यान पुग्नुपर्ने अभिव्यक्ति
दिनुभयाे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष विष्णु सापकोटा र समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ र सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रमा अवसर प्रदान गरिँदासमेत राजनीतिका छायाँ झल्कने भइरहेकोे अवस्थामा इञ्जा भने त्यसबाट मुक्त देखिएको उल्लेख गर्नुभयाे ।

इञ्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेल, एसिया अध्यक्ष टङ्क पन्तलगायतले नेपाली पत्रकारिता क्षेत्रको श्रीवृद्धि र पत्रकारको उन्नयनका लागि विभिन्न फेलोसिप, पुरस्कार र सहयोग गर्दैैआएको जानकारी दिनुभयाे ।


सुरज श्रेष्ठका बारेमा
पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आउनुभएका श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

पोखरा सिटीडकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिता शुरु गर्नुभएका श्रेष्ठले कान्तिपुर, कान्तिपुर साप्ताहिक, नागरिक म्याग्जिनमा फोटो पत्रकारको रुपमा काम गर्नुभयाे । श्रेष्ठले खिचेका फोटो पोखराबाट संचालित पत्रिकाहरुमा पनि प्रकाशित भएका छन् । हाल श्रेष्ठको आफ्नै मिडिया एस टु प्रोडक्सन, ह्याप्पी पोखरा डटकम संचालनमा छ । २०७० सालमा आफ्नै प्रोडक्सन हाउस एस टु प्रोडक्सन संचालनमा ल्याई थुप्रै म्युजिक भिडियो, विज्ञापन,डकुमेन्ट्री र प्रोमो निर्माण गर्दै आउनुभएकाे छ । फोटो पत्रकारिता सँगै उहाँको अर्को परिचय भनेको गायन हो ।

२०५८ सालमा गायक बन्छु भनेर हिँड्नुभएकाे श्रेष्ठले ‘अन्जान मायालु’ गीति एल्बम निकाल्नुभयाे । उक्त एल्बमको ‘सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई’ बोलको गीतले प्रसिद्धि कमायो । जुन गीत अहिले पनि उत्तिकै रुचाइन्छ । श्रेष्ठले नेपालको चर्चित र्यालिटी शो हिमालयन रोडीजमा सिनेमेटोग्राफीको काम समेत गर्नुभएकाे छ । सगरमाथा क्याम्पमा आयोजना
गरिएको वल्र्ड भ्लग च्यालेन्जमा पनि उहाँले सिनेमेटोग्राफीको काम गरिसक्नुभएकाे छ । अनुभवले खारिनुभएका श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार संघले २०७० सालमा आयोजना गरेको राष्ट्रिय स्तरको ‘नेपाल फोटो कन्टेस्ट’ बाट समेत सम्मान प्राप्त गर्नुभएकाे छ । उक्त कार्यक्रममा उहाँले खिचेको फोटो उत्कृष्ट भएको थियो । नेपालका तत्कालिन उपराष्ट्रपति बाट उहाँले सम्मान र पुरस्कार पाउनुभएकाे थियाे ।

२०७५ सालमा पोखरामा ट्रेनर नेपालले आयोजना गरेको फेशन अवार्ड नेपालमा श्रेष्ठले बेष्ट फेशन फोटोग्राफरको अवार्ड हात पार्नुभयाे । पोखरामा भएका सौन्दर्य प्रतियोगिताहरुमा निणार्यकको भुमिका समेत उहाँले निर्वाह गर्दै आउनुभएकाे छ । सुरजको सक्रियता समाजसेवामा पनि देखिन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्की र चलचित्र पत्रकार संघ कास्कीमा पनि आबद्ध हुनुहुन्छ । नेपाल फोटो पत्रकार संघ कास्कीको कोषाध्यक्षको जिम्मेबारी सम्हालेका श्रेष्ठको दैनिकी भनेकै फोटोग्राफी हो ।


काठमाडौं

सोमवार, मंसिर १८, २०८०

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले नेता ऐन महर मुछिएको अडियो सामाजिक सञ्जालमा भाइरल,...

टिकटक प्रतिबन्धबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ, समाजमा ‘डिजिटल पोलुसन’ फैलियो

विपिन जोशीका रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

भूकम्प प्रभावितको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गरिने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

खेलकुद समाचार

थप देखाउनुहोस्

icc world cup qualifier

Nepal

290

:

291

zimbabwe

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

नेप्से

Name
Value
Change(%)

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विदेशी मुद्रा

Currency
Unit
Buy
Sell

eur (European Euro)

1

144.89

145.55

gbp (UK Pound Sterling)

1

169.58

170.35

chf (Swiss Franc)

1

148.68

149.36

aud (Australian Dollar)

1

88.36

88.76

cad (Canadian Dollar)

1

99.52

99.97

sgd (Singapore Dollar)

1

98.09

98.53

jpy (Japanese Yen)

10

9.3

9.34

cny (Chinese Yuan)

1

18.29

18.38

sar (Saudi Arabian Riyal)

1

35.21

35.37

qar (Qatari Riyal)

1

36.25

36.41

thb (Thai Baht)

1

3.76

3.77

aed (UAE Dirham)

1

35.96

36.13

myr (Malaysian Ringgit)

1

28.29

28.42

krw (South Korean Won)

100

10.17

10.22

sek (Swedish Kroner)

1

12.21

12.26

dkk (Danish Kroner)

1

19.45

19.53

hkd (Hong Kong Dollar)

1

16.88

16.95

kwd (Kuwaity Dinar)

1

430.4

432.36

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका सुमिना लो को स्वरमा ‘चिरविर गर्ने भङ्गेरा’  सार्वजनिक...

‘चित्रा’को मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज...

ईस्वर सिङ्ग र सुनिता बुढा क्षेत्रीको सुमधुर स्वरमा “पारिजातको...

अब नेपालका बारेमा धेरैकुरा लेख्नेछुः बलिउड गीतकार समिर अञ्जान