भरतपुर । अपाङ्ग समाज चितवनको आयोजना तथा अटिजम केयर चितवन सोसाइटीको प्राविधिक सहयोगमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा कृयाशिल अपाङ्गता भएका व्यक्तिका संघसंस्थाहरुसँग त्रैमासिक बैठक सम्पन्न भएको छ ।

अपाङ्गता भएका व्यक्तिका संघसंस्थाहरुले समावेशी शिक्षाको कार्यान्वयनका लागि गरेका प्रयासहरु र नगर
शिक्षा नितीमा समावेश गर्न पहल गर्नका लागि तयार गरिएको नीतिगत मस्यौदा उपर छलफल गर्ने उद्देश्यले
बैठकको आयोजना गरिएको थियो ।

बैठकमा अपाङ्ग समाज चितवनले समावेशी शिक्षा कार्यान्वयनका लागि बनेको जिल्लागत योजनामा गरेका
प्रगतिहरु र अटिजम केयर चितवन सोशाइटी तथा राष्ट्रिय बहिरा महासंघले संचालन गरेको समावेशी शिक्षा
परियोजना अन्तर्गतका योजनामा प्रगतिको बिषयमा सहभागीहरुलाई जानकारी गराएको थियो ।
उक्त बैठकले चितवन जिल्लामा कृयाशिल अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको अधिकार सुनिश्चित गर्नका
लागि नगर शिक्षा समितीमा पहल गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पालिकास्तरमा समावेशी शिक्षाको
व्यवस्थाको लागि आवश्यक जनशक्ति निर्माण तथा तालिमको माग गर्नका लागि आवश्यक पहल लिने निर्णय
गरेको छ ।

बैठकमा अपाङ्गता उत्थान जिल्ला समन्वय समितिका संयोजक तथा बौद्धिक अपाङ्गताको अभिभावक संघका
अध्यक्ष निर्मल कुमार श्रेष्ठ, चितवन बहिरा संघको कार्यसमिति सदस्य जीवन रानाभाट, दोभाषे सीता
सापकोटा, चितवन नेत्रहिन संघका कोषाध्यक्ष दिपक खनाल, सुषुम्ना नाडी घाइते मैत्री समाज चितवनको
अध्यक्ष लक्ष्मी अधिकारी, अपाङ्ग जागरण अभियानका शिक्षा समिती संयोजक पूर्णकान्त कोइराला, अटिजम
केयर चितवन सोशाइटीको अध्यक्ष निर्मला डल्लाकोटी , हेमोफेलिया सोशाइटी बागमती प्रदेशका अध्यक्ष
सन्तोष वाग्ले, कालिका नगर अपाङ्गता समन्वय संस्थाको उपाध्यक्ष चन्द्र कुमारी पौडेल, अपाङ्गता अधिकार
संरक्षण केन्द्र नेपालका अध्यक्ष यम प्रसाद सूवेदी लगायत २६ जनाको सहभागीता रहेको थियो ।
बैठक अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।