सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा इनटरनेशनल आयुर्वेदा कंग्रेस फागुन १९ गतेदेखि सञ्चालन हुने भएको छ ।
बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयुर्वेदा डाक्टर्स एशोसिएशन अफ नेपालका अध्यक्ष श्यामबाबु यादवले फागुन १९ गतेदेखि २१ गतेसम्म काठमाडौंको होटल सोल्टीमा सभा सञ्चालन हुने बताउनु भयो । उहाँले यस वर्षको मुख्य नारा सबैका लागि समग्र स्वास्थ्य उपचार होलेस्टिक हेल्थ फर अल भन्ने रहेको बताउनु भयो । उहाँले यसअघि सन् २०१५ मा नेदरल्याण्ड, सन् २०१७ मा बेलायत, सन् २०१८ मा ब्राजिल, सन् २०१८ मा नै नेदरल्याण्डमा र सन् २०१८ मा नै सोल्भिया लेडिनामा महासभा सम्पन्न भएको पनि बताउनु भयो । उहाँले यसअघिका महासभाबाट आयुर्वेदालाई जन आन्दोलनको रुपमा विकास गरी जीवन विज्ञानका रुपमा ग्रहण गर्न उत्प्रेरित गर्ने संकल्प भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ फागुन १९ देखि २१ गते होटल सोल्टीमा सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभा इनटरनेशनल आयुर्वेदा कंग्रेसको भव्य आयोजना हुँदैछ । सबैका लागि समग्र स्वास्थ्य उपचार होलेस्टिक हेल्थ फर अल यो महासभाको मुल नारा रहेको छ । यसअघि सन् २०१५ मा नेदरल्याण्ड, सन् २०१७ मा बेलायतमा, सन् २०१८ मा ब्राजिलमा भएको थियो । सन् २०१८ मा नेदरल्याण्डमा, सन् २०१८ मा सोल्भिया लेडिनामा सम्पन्न भएको थियो । ती महासभाबाट आयुर्वेदालाई जन आन्दोलनको रुपमा विकास गरी जीवन विज्ञानका रुपमा ग्रहण गर्न उत्प्रेरित गर्ने संकल्पसहित आएको छ । यसको समुद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुनेछ । नेपाल र भारतबाट कम्तिमा १००, १०० जना आयुर्वेद विज्ञ र अन्य देशहरुबाट १०० जना उपस्थित हुनेछन् ।’
उहाँले महासभाले जनसेवा गर्न सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो । उहाँले यसको विकास र बिस्तारमा सहयोग गर्न आवश्यक रहेको बताउनु भयो ।
newsagencynepal