काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा घरेलु टिम यूएईविरुद्ध नेपालका लागि तेस्रो विकेट कुशल मल्लले लिएका छन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४५ बलमा एक चौकासहित २४ रन बनाएका यूएईका कप्तान रिपी रिजवानलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराउन कुशल सफल भए।
नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्। सन्दीपले १३।४ आभेरमा ३८ बलमा १८ रन बनाएर खेलिरहृका वृत्या अरविन्दलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए।
टस जितेर फिल्डिङ गरिरहेको नेपाललाई पहिलो ओभर बलिङ गरेका करण केसीले पाँचौं बलमा कुनै रन नदिई घरेलु टिमका ओपनर मुहम्मद वासिमलाई बोल्ड गरेका थिए।
यूएईले २५ आभेर सकिँदा तीन विकेट गुमाएर ८९ रन बनाएको छ। नेपालले यो खेलमा जित निकाले एकदिवसीय मान्यता जोगाउन नेपाल एक कदम नजिक पुग्ने छ। पछिल्ला पाँच खेलमा विजयी रहेको नेपाल आज पनि सोही लय कायम राख्न चाहन्छ।
विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी सातै खेल जित्नु पर्ने दबाब छ। नेपाली टिममा एक परिवर्तन भएको छ। बलात्कारको आरोप लागेका सन्दीपको मुद्दा नटुङ्गिएकाले सन्दीप लामिछानेलाई देश बाहिर जाने अनुमति दिएको थिएन। यद्यपि, सर्वोच्चले खेल सकिएको १५ दिन भित्र देश फर्किनु पर्ने शर्त राखेर अनुमति दिएपछि सन्दीप बुधबार यूएई पुगिसकेका छन्।
नेपाली टिमः कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, गुल्शन झा छन्।
annapurnapost