पाेखरा । पाेखरामा लागूऔषध ब्राउनसुगरसहित २ युवक पक्राउ परेका छन् । मङ्गलबार लागू औषध नियन्त्रण ब्यूरो
पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.१३ चिसापानीमार्ग डेरा गरी बस्ने २ युवकलाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.१३ चिसापानीमार्ग डेरा गरी बस्ने २६ वर्षिय आशिष थकाली र स्याङजा पुतलिबजार न.पा. वडा नं. ६ स्थायी घर भएका हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१३ चिसापानी मार्ग बस्ने २७ वर्षिय सुमन गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
कोठाबाट लागू औषध खैरो हेरोईन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा ३० ग्राम, नाईट्रोभ्याट २५ चक्की, डिजिटल तराजु १ थान र मोवाईल २ थान समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
युवकहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएकाे छ ।